AArya
RUMPUM
animated ellipse animated ellipse

भानु कलेजमा कक्षा ११ का विद्यार्थीलाई अभिमुखिकरण, उज्ज्वल भविष्यका लागि प्रेरणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ श्रावण २०८२, शुक्रबार १७:०३
1.08k
Shares
विराटनगर / विराटनगर–९ मेनरोडमा अवस्थित भानु कलेजले कक्षा ११ मा भर्ना भएका विज्ञान र व्यवस्थापन संकायका विद्यार्थीहरूलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

आज आयोजित एक विशेष समारोहमार्फत कलेजले दुवै संकायमा भर्ना भएका करिब ३ सय विद्यार्थीहरूलाई कलेजको शैक्षिक संरचना, शिष्टाचार र भविष्यका अवसरहरूबारे जानकारी गराएको हो।

कलेजका निर्देशक बसन्त बस्नेतका अनुसार यो २१ औं ब्याचका विद्यार्थीहरू हुन्। उनले दुवै संकायमा ३–३ वटा सेक्सन सञ्चालन हुने जानकारी दिए। आगामी साउन ५ गतेदेखि कक्षा औपचारिक रूपमा सुरु गरिने छ।

कार्यक्रमको प्रमुख अतिथि मनमोहन प्राविधिक विश्वविद्यालय अन्तर्गतको सेवा आयोगका अध्यक्ष प्राध्यापक डा. दामोदर थापा क्षेत्री थिए। उनले विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै, जीवनमा सफल हुन शिक्षा र अनुशासनको विशेष महत्त्व रहेको उल्लेख गरे।

अभिमुखिकरण सत्र कलेजका कोर्डिनेटर रमेश पाण्डेद्वारा सञ्चालन गरिएको थियो। कार्यक्रममा कलेजका प्राचार्य मोहनकुमार श्रेष्ठले विद्यार्थीहरूलाई कलेजले प्रदान गर्ने शैक्षिक वातावरण समयको सदुपयोग र इमान्दार लगनशीलता नै तपाईंहरूको सफलताको आधार हुने बताए ।

कार्यक्रममा शिक्षाविद् प्राडा देवेन्द्र अधिकारीले शिक्षा प्रणाली, विद्यार्थीको भूमिकासहित आधुनिक शिक्षा र व्यवहारिक ज्ञानको महत्त्वबारे विचार व्यक्त गरे। उनले विद्यार्थीहरूलाई ‘सिर्जनशीलता, जिज्ञासा र मेहनत’ जीवनको मूल मन्त्र बनाउन आग्रह गरे।

अभिमुखिकरण कार्यक्रममा कक्षा १२ का अग्रज विद्यार्थीहरू—स्वस्तिका चौधरी, अनिसा रम्तेल, स्मारिका राजक र मान्यता बस्नेतले अनुभव बाँड्दै विद्यालय जीवन, समय व्यवस्थापन, परीक्षाको तयारी र सहपाठीबीचको समन्वयबारे आफ्ना सुझाव दिएका थिए।

त्यसैगरी कक्षा ११ का नवप्रवेशी विद्यार्थीहरूमध्ये नेशनल अपूर्व खनाल, भूमिका चौधरी, अन्वेषा पोखरेल र आचल मेहताले भविष्यप्रतिको आशा र अपेक्षालाई प्रस्तुत गरे। उनीहरूले कलेजको वातावरणप्रति उत्साह व्यक्त गर्दै पढाइसँगै व्यक्तित्व विकासमा पनि आफूहरू सक्रिय हुने प्रतिबद्धता जनाए।

कार्यक्रममा निर्देशक नविन गौतम अतिरिक्त क्रियाकलापका को अर्डिनेतर देवेश प्रधानलगायत कलेजका शिक्षक–शिक्षिका तथा अभिभावकहरूको पनि उपस्थिति रहेको थियो। सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई अझ जीवन्त बनाएको थियो।

भानु कलेज विराटनगरमा माध्यमिक तहको गुणस्तरीय शिक्षाका लागि परिचित संस्थाको रुपमा स्थापित हुँदै आएको छ। नियमित पठनपाठनसँगै प्रयोगात्मक ज्ञान, अतिरिक्त क्रियाकलाप र विद्यार्थी–शिक्षक समन्वय कलेजको विशेषता रहेको निर्देशक बस्नेतले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर