animated ellipse animated ellipse

ओल्ड इज गोल्ड’ तेसेै भनेको होइन : द्रोण रिजाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ कार्तिक २०८१, सोमबार १४:४७
540
Shares
द्रोण रिजाल इटहरीका पुराना पत्रकार हुन् । उनले स्व. पत्रकार याम प्रधानलाई पत्रकारिताको गुरु मानेका छन् । पत्रकारिताको कखरा सिकाउने व्यक्तित्व प्रधान भएको उनले भेटमा पटक पटक दोहो¥याए । उनले पहिलेको पत्रकारिता र अहिलेकोमा धेरै फरक रहेको बताए ।

पहिले समाचार संकलन गर्न कापी कलम लिएर संबन्धित ठाउँमै पुग्नु पर्ने बाध्यता थियो । तर , अहिले प्रविधिको कारण मोवाईल सेटबाट सबै आफूलाई संचारकर्मी दावी गरिरहेका छन् । व्यक्तिपिच्छे फरक फरक समाचारलाई तोडमोड गरेर प्रसारित गर्दा पत्रकारिता क्षेत्र बद्नामको गहु्रंगो भारी बोक्न बाध्य पारिएजस्तो देखिन्छ । सस्तो लोकप्रियताका कारण अहिले यो क्षेत्र शंकटोन्मुख अवस्थामा पुगेको रिजालको निश्कर्ष रहेको छ । सूचनाको हकबाट सबै सुसुचित त हुनुपर्छ । तर, कसैलाई पनि हुँदाखाँदाको पेशाबाट विचलित बनाउन नहुने उनको तर्क छ । काँचको घर हुनेले खरको छानामा ढुंगा फ्याँक्न सचेत भएझैं व्यवस्थित र मर्यादित भएर पत्रकारिता गर्न उनि सुझाउँछन् । अहिले संचार क्षेत्रमा जस्तोसुकै विकृति आए पनि त्यो लामो समय नटिक्ने पक्का छ ।‘ओल्ड इज गोल्ड’ भनेको त्यसै होइन । पुराना कुरा अर्थात् अतित भनेको जहिल्यै पनि सुमधुर हुन्छ ।

वर्तमान बोझिल छ भने भविष्य अज्ञात । व्यस्तताको बाबजुद छोटो समयमा पत्रकार दीपक निरौलाले रिजालसँग गरेको कुराकानीको सार : –

पत्रकारिता गर्न नेपालमा कि युरोप मा सजिलो ?
पत्रकारिता गर्न कहिपनी सजिलो छैन, नेपालमा या युरोपमा । युरोपमा त बैकल्पिक काम नगरे दैनिकी चलाऊन नै गाह्रो हुन्छनी ।पत्रकारितामा अहिले धेरै नै विकृतिका चाङ चुलिएका छन् ।

यसको निराकरणको लागि के के गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई ?
समाजमा देखिएका सत्यतथ्य घटनाहरु, बिक्रिती र बिसंगतिहरुको उजागर गर्न पत्रकारहरुको बिशेष भूमिका हुन्छ,पत्रकारिताको नाममा समाजलाई असर पर्ने किसिमका बिषय बस्तुहरु प्रकाशन प्रसारण नगरि तथ्यमा रहेर सुचना प्रवाह गरियो भने संचार क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण नै फरक हुन्छ त्यसैले मेरो बिचरामा सत्यतथ्यमा रहेर रिपोर्टिङ गरियो भने पत्रकारितामा देखिएका बिकृतिहरु निराकरण गर्न सकिन्छ र हुन्छन पनि ।

यहाँ पनि एउटा सशक्त संचारकर्मी हुनुहुन्थ्यो । तर, संचारकर्मबाट जिउपाल्न नसक्ने देखेर नै विदेश पलायन हुनु भएको हो ?
संचार क्षेत्रमा काम गर्दैगर्दा समय र परिरिश्थितिले बिदेशिन वाध्य बनाएको हो, अहिले पनि धेरै सहकर्मि साथीहरु भन्ने गर्नुहुन्छ हामीलाई अझै गाह्रो छ काम गर्ने बातावरण नै छैन ।बिकल्प त खोज्नुपर्योनि हैन र ?

अहिलेका युवामा ‘१८ पार, समुन्द्रपार’ भएको छ । के कारणले यस्तो अवस्था सिर्जना भएको जस्तो लाग्छ यहाँलाई ?
बड्दो बेरोजगार, अवसरको कमी, शिक्षामा राज्यको अदुर्दर्शिता, आर्थिक समस्या र महँगो शिक्षा प्रणाली नै कारक हो जस्तो लाग्छ ।

के युरोपबाट पनि यसैगरी युवा विदेश पलायनको श्रृखला जारी छ ?

यसरी युरोपबाट युवा अर्को देश पलाएन भएको मलाई थाहा छैन उच्च शिक्षा अध्ययन गर्न गएकाहरु युवाहरु अध्ययन पस्चात आफ्नै देखमा गएर काम गर्न चाहन्छन किनकी उनीहरुलाई राज्यले योग्यता अनुसारको रोजगारी दिने गरेको छ ।
यहाँ पनि संचारकर्मी,, धेरै व्यक्तिको अन्तवार्ता प्रकाशन गर्नुहुन्छ ।नेपालका प्रतिभा पलायन र संम्पती पलायन रोक्ने विषयमा छलफल हुँदैन ?
हुन्छ, सबैलाई मातृभूमीको माया हुन्छनी यस्ता बिषयमा हामी गहन छलफल साथै सम्बन्धित पक्ष सँग अन्तर्कृया गरिरहेका हुन्छौ । हाम्रो संस्था पत्रकार महासंघ युरोप शाखाले समसामहिक बिषयमा लाइभ अन्तर्कृया गर्दै आइरहेको छ ।

यो सब राजनैतिक व्यक्तिका खराव कुसंस्कार का कारण समस्या सिर्जना भएको हो जस्तो लाग्छ , यहाँलाई ? तपाईको जिज्ञासामा केही सत्यतात होला तर दोस् मात्र दिएर हुँदैन, हामीमा पनि केही कमिकमजोडी हुन सक्छन घैर्य गर्नुपर्छ समय आएपछी सबै राम्रो हुन्छ जस्तो लाग्छ ।

अहिलेको समस्याको जरो उखेरेल फ्याँक्ने उपाय के होला ?

जनताको हितलाई मध्यनजर गर्दै कार्यपालिका , ब्यबस्थापिका र न्यायपालिका तिनै तहमा कुसल ब्यवस्थापन, ईमान्दार कर्मचारीतन्त्र मात्रै भएपनी कही कतैपनी समस्या देखिदैन जस्तो लाग्छ ।

अन्त्यमा भन्नछुटको केही कुरा छ ?
मलाई आफ्नो कुरा राख्ने अवसर दिनुभएकोमा तपाई लगाएत तपाईको मिडीया परिवारलाई धेरै धेरै धन्यबाद दिन चाहन्छु । धन्यबाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया

फोटो फिचर