animated ellipse animated ellipse

प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख खापुङको आह्वान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ पुष २०७९, आईतवार १४:३३
126
Shares
विराटनगर / प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुख खापुङले आह्वान गरेका हुन् ।

‘संविधानको धारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्री नियुक्तका लागि प्रदेशसभामा कुनै दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्री नियुक्तीका लागि पुस २४ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेश गर्न आह्वान गर्नु भएको छ’ प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक जना सांसद छन् । सरकार गठनका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर