खबर पूर्वाञ्चल

कार्यक्रमका दौरान दिदी भाईबिचको प्रगाढ सम्बन्ध झल्काउने भाइटिका लगाउने तथा छठ पर्वमा गरिने सूर्य आरधना लगायतका कृयाकलापले उपस्थितहरुको ध्यान खिचेको थियो । प्लेग्रुपदेखि कक्षा १ सम्मका बालबालिकाले चाड पर्व लक्षित प्रस्तुत कार्यक्रम हेर्नलायक थियो ।
यसकालागि हामीले केहि दिनअघि देखि उहाँहरुलाई अभ्यास गराएका थियौं’, मन्टेश्वरी तह इन्चार्ज रेश्मी क्षेत्रीले भनिन्,‘ यसले उनीहरुमा संस्कृति बुझ्न र एक अर्काको संस्कृतिमा अन्तरघुलन हुन मद्दत पुग्छ ।’ यस्तै विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले यो कार्यक्रमले दशैं, तिहार, छठलगायतका पर्वहरु किन र कसरी मनाईन्छ भन्ने विषयमा अनुभव गरेर बालबालिकाले सिक्ने वातावरण तयार भएको बताइन् । यसरी व्यवहारिक अभ्यासका साथ अनुभव गरेका विषयहरु जीवन्त रहने भन्दै प्रिन्सिपल पुरीले यसले हाम्रा परम्परा, धर्म र संस्कृति बचाइराख्न सहयोग पुग्ने विश्वास ब्यक्त गरे। उनले हरेक चाडपर्वमा प्राथमिक तहसम्म यसरि नै बालबालिकालाई सहभागि गराउँदै आएको समेत बताए।