खबर पूर्वाञ्चल
गएरातीदेखि परेको अबिरल वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि आज बिहान बखरीको सिमराही बस्तीका ३० घरपरिवार विस्थापित भएका हुन् ।
बाढी र डुबानका कारण विस्थापित भएका सिमराइ बस्तीका ३० घर परिवारका करिब १ सय ५० जनालाई उद्धार गरि विराटनगर १२ बखरी स्कूलमा सुरक्षित राखिएको वडाअध्यक्ष हिरालाल कामतले जानकारी दिए । विस्थापित भई बखरी स्कूलमा बसेका परिवारहरूलाई विराटनगर महानगरपालिका र वडा कार्यालयले राहत वितरण गर्ने वडाअध्यक्ष कामतले बताए । अहिले तत्कालको लागि भूजा र चिउरा वितरण गरिएको उनले बताए ।
विराटनगर ६ ब्रमापुराबाट केसलिया खोला बस्ती पसेको हो । विराटनगर – ६ ब्रमापुरा पनि २÷३ घर डुवानमा परेको वडा प्रहरी कार्यालय विराटनगर ‘क’ का डिएसपी बेदप्रसाद गौतमलले बताए । गौतमका अनुसार केसलिया खोलामा आएको बाढीका कारण डुवानमा परेका स्थानियलाई सुरक्षित स्थानमा ल्याएको बताए । खोला क्षेत्रमा रहेकाहरूलाई प्रहरीले सर्तकता रहन आग्रह पनि गरेको छ ।
यस्तै विराटनगर १२ बखरीस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पनि पानी पसेको छ । पानीको बहाप बढदै गए यहाँ रहेको सामाग्रीहरू सुरिक्षत स्थानमा सार्ने तयारी गरिएको प्रहरी निरिक्षक हरीबहादुर साही जानकारी दिए ।
तपाईको प्रतिक्रिया