RUMPUM
animated ellipse animated ellipse

कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको मृत्यु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ आश्विन २०८०, मंगलवार १७:५६
585
Shares
विराटनगर / मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ ।

पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

विराटनगरबाट कटहरितर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको कालो पल्सर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृतक अधिकारी सोराभाग इलाका हुलाकका कर्मचारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार