विराटनगरमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

खबर पूर्वाञ्चल, ३ मंसिर २०७९, शनिबार ११:४०
288
Shares
विराटनगर / विराटनगर – ३ पुष्पमार्गमा आज विहान भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार ‘निर्वाचन अवज्ञा गरौँ’ भन्ने लेखेर पुष्पमार्गमा मबिल बट्टा राखिएको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले विराटनगरमा भेटिएको सो शंकास्पद वस्तु नियन्त्रणमा लिई सेनाको टोलीले निष्क्रिय पारिएको बताए ।

आज विहान करिब पौने सात बजे शंकास्पद वस्तु भेटिएको खबर आयो । त्यसपछि प्रहरी र नेपाली सेनाको टोली गएर सो वस्तु नियन्त्रणमा लिएर निष्क्रिय पारिएको छ,’ उनले भने, ‘बट्टाको बाहिरबाट ‘निर्वाचन अवज्ञा गरौँ’ भनेर लेखिएको थियो । तर, बम भनिएको वस्तु सक्कली होइन, नक्कली रहेछ ।’

उक्त शंकास्पद कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५