पूर्वाञ्चल खबर

आइल्याण्डका लागि जर्ज डोकरेलले २८ रन, कर्टिस च्याम्परले २० रन ,कप्तान एन्डी बलविरनेईले १९ रन,लोरक्यान ट्रक्केरले १५ रन र सेन गेटकाटेले १४ रन बनाए ।
नेपालका लागि दीपेन्द्रसिंहले ऐरीले ४ विकेट लिए । दीपेन्द्रले ४ ओभर बलिङ गर्दै २१ रन दिएर ४ विकेट लिँदा अभिनाश बोहराले २ विकेट ,कमल ऐरी, जितेन्द्र मुखिया र कप्तान सन्दीप लामिछानेले १–१ वकेट लिए ।
नेपाल र आयरल्याण्डबीचको खेल सिरिजको अन्तिम खेल पनि हो । यसै खेलले सिरिज विजेताको टुङ्गोसमेत लगाउने छ । अहिले तीनमध्ये दुई खेलमा जित हात पार्दै युएईले सर्वाधिक चार अङ्क जोडेको छ ।
यता एक–एक खेलमा जित हात पारेको आयरल्याण्ड, ओमान र नेपाल समान दुई–दुई अङ्कसहित नेट रनरेटको आधारमा क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा रहेका छन् ।