AArya
RUMPUM
animated ellipse animated ellipse

एमालेको दोश्रो विधान महाधिवेशनमा मोरङबाट को–को छन् प्रतिनिधिको नामावलीसहित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ भाद्र २०८२, बुधबार १८:३९
486
Shares
विराटनगर / नेकपा एमालेको दोश्रो विधान महाधिवेशन आगामी भदौ २० देखि काठमाण्डौंमा शुरु हुँदैछ ।

भदौ २० देखि २२ गतेसम्म हुने एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना प्रतिनिधि सहभागि हुँदैछन् । सहभागी मध्ये २१ सय २८ जना प्रतिनिधि र २६४ जना आयोजकको रुपमा सहभागी हुनेछन् ।

२०७८ मा चितवनमा भएको १० औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने भएकोले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहने पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

विधान महाधिवेशनमा मोरङबाट केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, केन्द्रीय सदस्यहरु रामलाल साह, युवराज बाँस्कोटा, पूर्व केन्द्रीय सदस्य विनोद ढकाल सहभागि भएका छन् ।

दोश्रो विधान महाधिवेशनमा मोरङको भूगोलबाट ५८ जना प्रतिनिधि छन् । १० औं राष्ट्रिय महाधिवेशनमा सहभागि भएका प्रतिनिधिहरु रामकुमार बस्नेत र योगेन्द्र मण्डल हाल एमालेमा नरहेका कारण उनीहरु प्रतिनिधिका रुपमा सहभागि हुन पाउने छैनन् ।

विधान महाधिवेशनका लागि ५८ जना प्रतिनिधि भएपनि केही विदेशमा रहेकाले सो संख्याबाट अझै घट्ने एमाले मोरङले जनाएको छ । विधान महाधिवेशनमा मोरङ जिल्ला कमिटीका कुनैपनि पदाधिकारीको सहभागिता नहुने भएको छ । १० औं राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि नै नभएकाले अहिलेका कुनैपनि पदाधिकारी सहभागिता नहुने भएको हो ।

एमाले मोरङका अनुार विधान महाधिवेशनका लागि मोरङ क्षेत्र नं. १ बाट खड्गबहादुर बस्नेत, अग्नि भट्टराई, नरेन्द्रप्रसाद ढुङ्गेल, घनश्याम खतिवडा, उमाकान्त गौतम, भुपेन्द्रकुमार लावती, लक्ष्मीदेवी भण्डारी र निर्मला राई, क्षेत्र नं २ बाट ऋषिकेश पोखरेल, पर्शुराम कटुवाल, मेघनाथ शर्मा, शान्तीकुमारी लिम्बु, डिल्लीराम दाहाल, इर्जलाल राजवंशी, लिलावल्लभ अधिकारी, गोपाल थापा, मो. हसन इमाम बक्स, खेमकुमारी दाहाल ९निरौला०, मिरादेवी दाश, चन्द्रकला भण्डारी, क्षेत्र नं ३ बाट राजकुमार ओझा, केदारप्रसाद गुरागाँई, ज्ञानेन्द्रप्रसाद सुबेदी, दिलप्रसाद (डिपि) राई, ताराबहादुर काफ्ले, देवराज भण्डारी, दिलिप (किशोर) राई, धनामाया तामाङ, ढाकाकुमारी पराजुली र राजकुमारी इङ्नाम विधान महाधिवेशनका प्रतिनिधि हुन् ।

मोरङ क्षेत्र नं ४ बाट नन्दराज गिरी, कुमार आचार्य, धर्मलाल सिंह, रामबहादुर घिमिरे, महेशप्रसाद भट्टराई, बाबुराम कार्की, बिमला दाहाल घिमिरे, गुणावतीदेवी र थारु धामी, क्षेत्र नं ५ बाट डिल्लिराम घिमिरे, मनोज अग्रवाल, धर्मानन्द सञ्जेल, ज्ञानेश्वर राजवंशी, मीनादेवी यादव र क्षेत्र नं ६ बाट नरेश पोखरेल, रामलाल साह, हरीप्रसाद घिमिरे, सत्यनारायण चौधरी, पर्शुराम बस्नेत, नारायणी भण्डारी, यसोदा अधिकारी र तारा राई महाधिवेशन प्रतिनिधि हुन् ।

विधान महाधिवेशनमा दलितबाट खेम नेपाली, कृष्ण बर्देवा, जितनारायण सरदार, गितादेवी शिवा, मजदुर तथा अन्यबाट युवराज बास्कोटा, किशोर धमला र सुनिता गिरी ९श्रेष्ठ० सहभागि हुने छन् ।

विधान महाधिवेशनका लागि नेताहरु काठमाण्डौं जाने क्रम शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर