animated ellipse animated ellipse

‘पहिचानका लागि युवा’ घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ जेष्ठ २०८०, शुक्रबार १९:३७
126
Shares
विराटनगर / प्रदेशको पुनः नामकरण संघर्ष समितिले पहिचानको लागि युवा घोषणा गरेको छ ।

विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी संघर्ष समितिले पहिचानका लागि युवा घोषणा गरेको हो ।

पहिचानका लागि युवा घोषणा गरिएको किराँत राई यायोख्खाका महासचिव भीम राईले बताए । पहिचानसहितको नाम माग गर्दा प्रशासनले दुःख दिएको बताउँदै उनले यसमा कति पनि विचलित नभई लक्ष्य प्राप्ति नभएसम्म अघि बढ्ने र रचनात्मक ढंगले आन्दोलन व्यवस्थित गर्ने उद्देश्यका साथ पहिचानका लागि युवा घोषणा गरेको उनको भनाइ थियो ।

उनका अनुसार अनुशासित ढंगबाट किराँत राई यायोख्खाको नेतृत्वमा किराँत फोर्स, संजुहाङ पालुङ्वा नेतृत्वमा काङसोरे फोर्स साथै कुमार लिङ्देन नेतृत्वमा एलभी फोर्स रहेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम याक्तेङले प्रदेशको नाम भनेजस्तो नभएसम्म आन्दोलन जारी रहने बताए ।

विद्रोहलाई निष्कर्षमा पु¥याउन समेत पहिचानका लगि युवा आवश्यक रहेको बताउँदै उनले दुई महिनाभन्दा बढी लड्दा पनि प्रदेश सरकार मौन रहेको बताए ।

शान्तिपूर्ण आन्दोलन गर्दा राज्य पक्षबाट अश्रुग्यास प्रहार गर्ने, आन्दोलनकारीविरुद्ध आइलाग्ने जस्ता कार्य भएको बताउँदै उनले शान्तिपूर्ण ढंगले जवाफ दिन पहिचानका लागि युवा घोषणा जारी गरेको उल्लेख गरे । उनका अनुसार पहिचानका लागि युवा १५१ सदस्यीय केन्द्रीय समिति घोषणा भएको छ । संयोजकमा मनु लिम्बु, सहसंयोजकमा रग्बा शेर्पा रहेका छन् । यस्तै सचिबमा साहास राई, सहसचिबमा जेन्टल लावति, कोषाध्यक्षमा छितिज लावति रहेका छन् ।

फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने माग राख्दै सडक आन्दोलनमा छन् । आन्दोलनका क्रममा चैत्र ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते भएको लिम्बूको १० गते उपचारका क्रममा मृत्यु भएको थियो ।

लिम्बूलाई सरकारले सहिद घोषणा समेत गरिसकेको छ । सोही दिनको शोकलाई शक्तिमा बदलेर आन्दोलन अघि बढाउने उनीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर