अखिल क्रान्तिकारीको तीनमहिने अभियान सुरु

खबर पूर्वाञ्चल, ३१ श्रावण २०७९, मंगलवार १९:५९
108
Shares
विराटनगर / अखिल क्रान्तिकारीले विद्यार्थीसँग अखिल (क्रान्तिकारी) भन्ने नाराका साथ ३ महिने अभियान संचालनगर्ने भएको छ ।

माओवादी केन्द्रको भातृ संगठन रहेको अखिलक्रान्तिकारी प्रदेश १ समितिको धरानमा बसेको बैठकले उक्तअभियान संचालन गर्नकालागि विभिन्न चार वटा कमाण्ड छुट्याएको छ ।

जस अनुसार उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको एउटा, सुनसरी, झापा र मोरङको दोस्रो, धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुमको तेस्रो तथाइलाम, पाँचथर र ताप्लेजुङको चौथो कमाण्ड निर्माण गरेको हो । उक्त कमाण्डमा प्रदेशकाउपाध्यक्षहरु क्रमशः शंकर तिम्सिना, मनिषा आचार्य, योगेश भट्टराई र खेमरण पहेलीले इन्चार्जको भूमिका निर्वाह गर्ने अखिल क्रान्तिकारीले जनाएको छ ।

अभियानको क्रममा विद्यार्थीमा श्रम संस्कृति विकास गर्न विद्यालय, क्याम्पसका कक्षा, खेल मैदान, बगैंचा, धारा, शौचालय सरसफाइ गर्ने, सीप, श्रम, उत्पादन र आम्दानीसँग जोडिने शिक्षाबारे छलफल, अन्तरक्रिया, प्रशिक्षण कार्यक्रम गर्ने, विज्ञान प्रविधि साक्षरताकालागि विज्ञान प्रविधिसँग सम्बन्धीत विभिन्न कार्यक्रम गर्ने, भदौ मसान्तसम्ममा ५० हजार अखिल क्रान्तिकारीको नयाँ सदस्यता विस्तार गर्ने, १५ दिनभित्र प्रदेशको १३७ वटै स्थानीय सरकार र ७ दिनभित्रमा प्रदेश सरकार समक्ष शिक्षा, स्वास्थ्य, रोजगारी र जनजीविका सम्बन्धी ध्यानाकर्षण गराउन मागपत्र पेश गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

मागपत्रमा अखिल क्रान्तिकारीले शिक्षामा २० प्रतिशत बजेट अनिवार्य छुट्याउन माग गर्ने, रिक्त रहेको शिक्षक दरबन्दी पुरा गर्न माग गर्ने, हरेक पालिकामा एउटा व्यवस्थित आवासीय माध्यामिक विद्यालय सञ्चालन गर्न माग गर्ने लगायतका विषय रहने अखिल क्रान्तिकारीका प्रदेश अध्यक्ष हेमन्त राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५