पूर्वाञ्चल खबर
स्कुल परिसरमा मंगलबार निःशल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा ( सय ५) भन्दा बढी विद्यार्थीह?ले स्वास्थ्य जाँच गरिएको स्कुलका प्रिन्सिपल इन्द्य्र राईले जानकारी दिए । विराट मेडिकल कलेजबाट आएका विशेषज्ञ चिकित्सकह?ले स्कुलमा अध्ययरत विद्यार्थीह?को स्वास्थ्य जाँच गरेका थिए ।
शिविरमा विभिन्न स्वास्थ्य परिक्षण गनुैको साथै कान, नाक, आँखा, दन्त परिक्षण,घाँटी तथा बाल रोगसम्बन्धित लगायतको परिक्षण गरेको स्कुलले जनाएको छ । विरामीह?को स्वास्थ्य परीक्षण मेडिसिन विभागका डाक्टरह? कृष्ण यादव, मैत्री मिश्र, दिवश उप्रेती, मनिषा ठाकुर हिमान्सु साह र डम्बर रौनियारलगायतको टोलीले स्वास्थ्य जाँच गरेका थिए । स्वास्थ्य परीक्षण गरिएका विरामीको थप उपचार गर्नुपरे विराट मेडिकल कलेजमा सौलियतमा उपचार हुने बताइएको छ ।