animated ellipse animated ellipse

महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२७ फाल्गुन २०८०, आईतवार १८:१७
162
Shares
संखुवासभा / संखुवासभाको खाँदवारी नगरपालिका ११ घर भई खाँदवारी नगरपालिका ७ मा बस्दै आएका ३१ बर्षीय मंशिरे शेर्पालाई विनाकुमारी राईको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सिलिचोङ गाउँपालिका २ घर भई लिभिङ टुगेदरमा शेर्पासंगै बस्दै आएकी २६ बर्षीय विना र शेर्पा विच फागुन १८ गते घरायशी बिषयमा बिबाद हुँदा रिसको आवेगमा शेर्पाले राईलाई जथाभावी कुटपिट गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै घटनास्थलमा खटिएको प्रहरी टोलीले आरोपित शेर्पालाई खोजतलास गर्ने क्रममा फागुन २४ गते संखुवासभा नगरपालिका ७ को एक घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका शेर्पाको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर