AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको कोशी कोभिड उपचार केन्द्रमा प्लाज्मा थेरापी आजदेखि सेवा शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ आश्विन २०७७, मंगलवार १९:११
720
Shares
विराटनगर / प्रदेश १ सरकारद्धारा सञ्चालित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आजदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको छ ।

कोरोना भाईरस (कोभिड १९) का कडा विरामीका लागि आजदेखि प्लाज्मा थेरापी सेवा शुरु गरिएको हो । सेवा शुभारम्भ गर्दै कोभिड अस्पतालका व्यवस्थापक ज्ञानबहादुर वस्नेतले प्लाज्मा दान गरे ।

प्रदेश सरकारले कोभिड अस्पतालमा सेवाहरु थप गर्दै लगेको छ । अस्पतालमा आईसियु, भेन्टिलेटर र आईसोलेसन गरि ८० वटा वेड अहिले सञ्चालनमा रहेको व्यवस्थापक वस्नेतले बताए । कोभिड अस्पतालमा लक्षण सहितका संक्रमितको उपचार हुने गरेको छ । अस्पतालबाट आजसम्म ४ सय ६१ जना डिस्चार्ज भएका छन् । ६२ जना अहिले उपचाररत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर