AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश प्रमुख खापुङ्ग समक्ष –प्रदेश लोक सेवा आयोग बार्षिक प्रतिवेदन हस्तान्तरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ भाद्र २०८१, आईतवार २०:०६
72
Shares
विराटनगर / कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेश लोक सेवा आयोगले आज आर्थिक वर्ष २०८०/८१ को पाँचौ वार्षिक प्रतिवेदन वुझाएको छ ।

प्रदेश प्रमुख खापुङ्गलाई आयोगका अध्यक्ष महेन्द्र गुरागाईले प्रदेश प्रमुखको कार्यालयमा आव २०८०/८१ मा सम्पदन गरेका काम करवाहीको वार्षिक प्रतिवेदन हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रदेश प्रमुख खापुङ्गले आयोगले कर्मचारी छनौट गर्दा सक्षम र निश्पक्ष आधारमा सिफारिस गरेको बताए । उनले मुलुकको सार्वजनिक प्रशासन सञ्चालनमा आयोगको ठूलो सहयोग पुगेको धारणा राखे ।

प्रदेश प्रमुख खापुङ्गले आयोगको सशक्त क्रियाकलापको परिणाम स्वरुप प्रदेशका प्रशासनमा सवल र निश्पक्षितामा देखिएको बताए । उनले भने,‘ आयोगले कर्मचारी पदपूर्तिका लागि दरर्खास्त आव्हान गर्दा प्रदेशको मोरङ जिल्ला वाहेक अन्य जिल्लाबाट कम परेको देखिएकोमा यो छलफलको विषय बनोस ’।

आयोगका प्रदेश अध्यक्ष गुरागाईले आव २०८०/८१ मा प्रदेश निजामती सेवाका विभिन्न सेवातर्फ माग भई आएका पद सङ्ख्याहरु कुल ४६४ पद रहेको जानकारी दिए ।उनले यसमध्ये खुला तथा समावेशीतर्फ ३३२, अन्तर स्थानीय तह प्रतियोगितातर्फ १४, आन्तरिक अन्तर सेवा प्रतियोगितातर्फ चार गरी जम्मा ३५० का लागि विज्ञापन प्रकाशन गरिएको छ भने वढुवातर्फ ११४ पदको लागि सूचना प्रकाशन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर