खबर पूर्वाञ्चल
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा आज सामाजिक विकास मन्त्रालयमा बसेको बैठकले परिस्थितिको विश्लेषण गरि कोरोनाको रोकथाम तथा नियन्त्रण गर्न संवन्धित स्थानीय तहहरुले आवस्यक कदम चाल्न सक्ने निर्णय गरेको हो ।
बैठकले कोरोना भाईरस संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरि उनीहरुको पीसीआर परीक्षण गराउने र सामाजिक विकास मन्त्रालयले पीसीआरको संख्या र दायरा बढाउने निर्णय गरिएको छ । बैठकले नेपाल सरकारले जारी गरेको कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सर्वसाधारण नागरिक, कर्मचारी तथा कामदार कार्यालय, उद्योग धन्दा व्यापार व्यवसायले सार्वजनिक स्थल, सार्वजनिक यातायात तथा कार्यास्थलमा पालना गर्नुपर्ने स्वास्थ्य र सुरक्षा संवन्धि मापदण्डलाई एकिकृत गरि सामाजिक विकास मन्त्रालयले स्वास्थ्य संवन्धि मापदण्ड जारी गर्ने निर्णय गरेको छ ।
मापदण्डको प्रभावकारी कार्यान्वयन गर्न प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, सामाजिक संघ संस्था, सञ्चारकर्मीलाई आग्रह गर्ने र मापदण्ड पालना नगर्ने व्यक्ति तथा निकायलाई कानून बमोजिम कारवाही गरिने बैठकको निर्णय छ । कोशी कोभिड अस्पतालको हालको शैया विस्तार गरिने र आईसोलेसन केन्द्रहरुको विस्तार गर्ने निर्णय गरिएको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए ।