AArya
RUMPUM
animated ellipse animated ellipse

खोटाङमा बलात्कारपछि हत्या गरिएको युवतीको सव भेटियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ भाद्र २०८२, मंगलवार १८:०२
270
Shares
खोटाङ / खोटाङको दिप्लुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रस्मिता परियार सोमबार राति मृत अवस्थामा फेला परेकी छिन् ।

घर नजिकैको बाटोमा शव भेटिएपछि स्थानीयवासीमा त्रास फैलिएको छ ।सब नजिकै भित्री वस्त्र भेटिएका कारण रस्मिताको बलात्कारपछि हत्या गरेको हुनसक्ने स्थानीयको आशंका रहेको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीका अनुसार प्रारम्भिक अनुसन्धानमा परियारमाथि आपराधिक समूहले बलात्कार गरी हत्या गरेको आशंका गरिएको छ। घटनाको थप तथ्य संकलनका लागि अतिरिक्त प्रहरी परिचालन गरिएको र शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि गाउँमा तनाब सिर्जना भएको छ। अपराधीलाई तत्काल पक्राउ गरी कानूनी दायरामा ल्याउन स्थानीयवासीले माग गरेका छन् । एमाले खोटाङका नेता रामप्रसाद दङ्गालले समेत दोषीलाई दण्डविहीनताबाट जोगाउन नहुने र सरकारलाई दबाब दिनुपर्ने बताएका छन् । दङ्गाल सोही गाउँपालिकाका बासिन्दा हुन् । एमाले खोटाङका पूर्वअध्यक्षसमेत रहेका दंगालले अपराधीलाई पानीमुनि गए पनि नछाड्ने बताए ।

पीडित परिवारले भने दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्दै न्याय दिलाउन आग्रह गरेका छन् । प्रहरीका अनुसार अपराधीको पहिचान र पक्राउका लागि व्यापक खोजी अभियान जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर