AArya
RUMPUM
animated ellipse animated ellipse

मस्तिष्क छतविछत भएका १८ महिने बालकले आर्या न्यूरोमा पाए नयाँ जीवन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२८ बैशाख २०७९, बुधबार १५:५९
1.14k
Shares
विराटनगर / विराटनगर– ३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटल पछिल्लो समय भरपर्दो अस्पतालको रुपमा विकास हुँदै गएको छ ।

जटिल प्रकृतिका बिरामीहरुको पनि सफल उपचार हुन थालेपछि आर्या हस्पिटल विश्वसनीय अस्पतालको रुपमा विकास हुन थालेको हो ।

पछिल्लो समय आर्या न्युरो अस्पतालले जटिल प्रकृतिका बिरामीको सफल उपचार हुने गरेको छ । उपचार सम्भव नभएको भन्दै अन्य अस्पतालले हात उठाईसकेको अवस्थामा आर्याले उनीहरुलाई नयाँ जीवन प्रदान गरेको हो ।
ती मध्ये एक हुन,१८ महिने बालक कृष्ण कुमार । जसको सफल उपचार गरेर विरामीलाई नयाँ जीवन दिएको छ । ८ वैशाखमा भारतको दिपनगरमा सवारी दुर्घनामा परेर बालक कृष्ण कुमार गम्भिर घाइते भएका थिए। दुर्घटनामा परि कृष्णको आमासोलोचना देवी साहको घटनास्थलमा मृत्यु भयो । बालकको टाउँकोगम्भिर चोट लागेर मस्तिष्क बाहिर निस्किएर छतबिछत भएको थियोे ।

घाइते भएका बालकलाई भारतको दरभंगा अस्पताल लगियो । त्यहाँको अस्पतालले पटना रेफर ग¥यो । तर, विरामीका आफन्तले आर्या न्यूरो अस्पतालमा राम्रो उपचार हुने गरेको थाहाँ पाएपछि उनीहरू यहाँका आए ।न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालको टीमले बाहिर निस्किएको मस्तिष्कको सफल उपचार गरेका छन् । ‘अहिलेसम्मको यो जटिल उपचार हो । बालकको हकमा मस्तिष्क बाहिर निस्किएर शल्यक्रिय गरि उपचार गरेको पहिलो घटना हो,’ उनले भने, ‘तीन घण्टा बढी समय लगाएर शल्यक्रिया सफल भयो । उपचारपछि ठिक भएका अस्पतालले बुधबार डिस्चार्ज दिएको छ ।

आर्या न्यूरो अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. पंकजराज नेपालले उपचार गरेपछि छोराको स्वाथ्य अवस्था ठिक भएपछि बावुमुकेश साह हर्षित मुद्रामा देखिएका छन् । ‘अहिले छोरा हास्न र बोल्न सक्ने भएको छ । २० दिनको उपचारपछि बुधबार डिस्चार्ज भएको छ,’ उनले भने, ‘छोरालाई बचाउन गरेको यो सहयोग म बिर्सन सक्दिन । उपचारमा सहयोग पु¥याउने प्रति आभारी छु । उपचारमा खटिनुहुने डाक्टरले मेरो बाबुलाई बचाउनुभयो । बाँच्दैनन जस्तो लागेको थियो । छोराले नयाँ जीवन पाएका छन् ।’साह परिवार चिकित्सकहरुको टिमलाई नयाँ जीवन दिएकोमा अनुग्रहित थिए । उपचारपछि स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गरिएको डा. नेपालले बताए । बालककोे उपचार गरिरहेका चिकित्सक डा. नेपालका अनुसार अहिले स्वास्थ्य अवस्था खतरामुक्त रहेकोले डिस्चार्ज दिएको बताए ।

यसअघि पनि उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का ६० वर्षीय तेजनारायण चौधरीको टाउकोको ‘लक्ड–इन–सिन्ड्रम’ अर्थात स्वचालित मांसपेशीको पूर्ण पक्षघात भएका सफल उपचार गरेको थियो । यस्तै यसअघि पनि अत्याधिक रक्तश्राव भई टाउकोमा रगत जमेको सुनसरीको इनरुवा ३ की ३९ बर्षीया पुष्पलता सुब्बाको सफल उपचार गरिसकेको छ । गएको मंसिर २६ मात्र उनीले अस्पतालबाट डिस्चार्ज पाएकी छन् ।

बाँच्ने सम्भावन न्यून रहेको भन्दै मोरङको विभिन्न अस्पतालले बिरामीलाई घर फर्काइदिएपछि मंसिर ६ गते उनको श्रीमानले उनलाई आर्या अस्पताल ल्याएका थिए । अस्पतालले बाँच्ने सम्भावना न्यून भएपनि बिरामीको उपचार थाल्यो । अस्पतालका कन्सल्ट्यान्ट न्युरो सर्जन डा. पंकज राज नेपालको टीमले उनको टाउकाको शल्यक्रिया गरेपछि हाल उनी पुर्णतः स्वस्थ छिन् । अस्पताल बसाईको २० दिनपछि मंसिर २६ मा उनी डिस्चार्ज भएर आफ्नो घर फर्किएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर