AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध दर्ता गराएका अविश्वास प्रस्ताव नेकपाका तीन सांसद्ले फिर्ता लिए

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ माघ २०७७, सोमबार १८:२१
1.67k
Shares
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव दर्ता गराएका नेकपाका तीन सांसद्ले अविश्वासको प्रस्ताव फिर्ता लिएका छन् ।

प्रदेशसभा सदस्य जसमाया गजमेर, गोपाल बुढाथोकी, श्रीप्रसाद मैनालीले आज अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन् ।

पुस १२ गते मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो । आज सामूहिक निवेदन दिँदै झापाका तीन सांसद्ले नेकपाको सरकारविरुद्ध नेकपाकै सांसद्हरूले अविश्वासको प्रस्ताव दर्ता गर्नु उपयुक्त नभएको भन्दै अविश्वासको प्रस्ताव फिर्ता लिएका हुन् ।

यससँगै अविश्वासको प्रस्ताव लिने सांसद्को सङ्ख्या पाँच पुगेको छ । यसअघि उदयपुरकी सांसद् कला घले र मोरङकी सांसद् वसन्तीदेवी यादवले अविश्वासको प्रस्ताव फिर्ता गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर