विराटनगरको नाङलो क्याफे आगलागीबाट जलेर पूर्ण रुप नष्ट, आगलागी दुई घण्टापछि नियन्त्रणमा

खबर पूर्वाञ्चल, ३० असार २०७९, बिहीबार १७:३६
693
Shares
विराटनगर / विराटनगर– २ स्थित मेनरोडमा सञ्चालित नाङलो क्याफे आगलागीबाट जलेर पूर्ण रुपमा नष्ट भएको छ ।

आज मध्यान्न ग्याँस सिलिण्डर परिवर्तन गर्ने क्रममा ग्याँस लिकेज हुँदा छेउमा बलेको आगोले टिप्दा इश्वर बास्कोटले संचालन गरेको रेस्टुरेन्टमा आगलागी भएको हो ।

आगलागीबाट क्याफेसँगै जोडिएको प्रतिनिधि सभा सदस्य तथा उद्योगी मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको छ ।मध्यान्न १२ः ३० बजेबाट सुरु भएको आगलागि विराटनगर महानगरपालिकाको २ वटा दमकलले दुई घण्टापछि आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता दिपक श्रेष्ठले बताए । उनका अनुसार क्षतीको पूर्ण विवरण आइनसकेपनि करिब १ करोड मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५