खबर पूर्वाञ्चल
विराटनगरमा आज आयोजित कार्यक्रममा बोल्दै उपसभापति डा. वाग्लेले अर्थतन्त्रलाई चलायमान बनाउन जोखिम मोलेर उत्पादन र उच्च उत्पादकत्व गर्छु भन्ने अठोटका साथ काम गर्न सुझाव दिए । उनले कुनैपनि कार्य थालनी गर्दा म उत्कृष्ट गर्न सक्छु, म गर्छु भन्ने दृढ संकल्पका साथ लागेर गर्न आग्रह गरे।
उपसभापति डा. वाग्लेले एक सफल उद्यमी बन्नकालागि लगनशीलता, सहनशीलता र धैर्यता आवश्यक रहेकोमा जोड दिए ।
अन्तरक्रियामा सहभागी एनवाइइएफमा आवद्ध युवाहरुले नेपालको आर्थिक विकाश, उद्यमशीलता, स्थानीय उत्पादनको ब्राण्डिङ, स्थानीयस्तरमै रोजगारीलगायतका विषयमा जिज्ञासा राखेका थिए । यस्तै उनीहरुले स्टार्टअपलाई प्रोत्साहन तथा विदेशीएका युवालाई स्वदेश फर्काउने पहल कसरी गर्न सकिन्छ भन्ने जस्ता प्रश्न पनि उठाएका थिए । विशेषगरी युवाहरुले नेपालमा उत्पादित वस्तुलाई कसरी अन्तर्राष्ट्रिय ब्राण्डमा जोड्ने भन्ने कुरामा जोड दिएको एनवाइइएफ विराटनगर च्याप्टरका अध्यक्ष सञ्जीव सिग्देलले जानकारी दिए । सहभागीहरुले तीनै तहको बजेटका विषयमा पनि कुरा राखेको अध्यक्ष सिग्देलले बताए।