AArya
RUMPUM
animated ellipse animated ellipse

लोकतन्त्रको रक्षाको लागि सडक आन्दोलन आवश्यक– वरिष्ठ नेता खनाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ माघ २०७७, बिहीबार २२:११
297
Shares
विराटनगर / नेपाल कम्यूनिस्ट पार्टी प्रचण्ड– माधव नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालेले जनताको ठूलो त्याग र संघर्षबाट ल्याएको लोकतन्त्रको रक्षाका लागि दल सडकमा उत्रेको बताएका छन् ।

विराटनगर विमानस्थलमा विहिबार साँझ पत्रकारसँग कुरा गदै उनले आन्दोलनले लोकतन्त्र र संविधानको रक्षा गर्दै प्राप्त उपलव्धिहरुलाई संस्थागत गर्ने प्रष्ट पारे । पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले अहिलेको अवस्थामा निर्वाचनमा जानु भनेको गलत कार्यलाई सही हो भनी ठप्पा लगाउने कार्य भएको बताए ।

संविधान वमोजिम संसद पुनःस्र्थापना अनिवार्य रहेकोले त्यही मुद्दालाई केन्द्रविन्दुमा राखि सडक सघर्षका कार्यक्रम जारी रहेको नेता खनालले बताए । उनले निर्वाचन आयोगले निर्वाचन सम्वन्धी आफ्ना कार्यक्रम गदै जाने होे, त्यो नै अन्तिम नभएको बताए ।

पार्टी भित्र आफ्नो समूहको दुई तिहाई वहुमत रहेकोले निर्वाचन आयोगले यसलाई आधिकारीकता दिने दावी नेता खनालले गरे । उनले प्रदेशका मुख्यमन्त्री विरुद्ध ल्याएको अविश्वास प्रस्ताव पारितका लागि लोकतन्त्रप्रति आस्थावान सवै दलहरु एक हनु पर्ने बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर