खबर पूर्वाञ्चल
व्यापारीसँगै सेवाग्राहीलाई नगदरहित कारोबारमा बानि पार्नसक्दा पारदर्शितासँगै नोट छपाईमा राज्यको ढुकुटी खर्च गर्नुनपर्ने उनको भनाई छ । ‘क्यासलेस गर्न नसकिएपनि लेस क्यास गर्न सकिन्छ,’ उनले भने, ‘देशभरका तरकारी बजारमा यो सुविधा चालु आर्थिक वर्ष भित्र पु¥याउने लक्ष्य राखिएको छ ।’ क्युआर भुक्तानी गर्दा विदेशमा कुनैपनि पैसा नजाने अर्थात् भिसा र मास्टरकार्डको प्रयोग गर्दा विदेश जाने रकम देशभित्रै सुरक्षित गर्न सकिने भएकोले सबैले सचेतता पूर्वक क्युआर कोडको सेवा विस्तार र सुविधा उपयोग गर्नुपर्ने सुझाव गभर्नर खतिवडाको छ ।
एनएमबी बैंकले विराटनगरको गुद्री बजारमा क्युआर कोड सेवा विस्तार गरेसँगै सब्जी, फलफूल तथा गुद्री बजार व्यवस्थापन समितिले इन्टरनेटको प्रवन्धका लागि समेत सहकार्य गरिदिन माग गरेको छ । समितिका सचिव अहमद गुडुले सेवा प्रभावकारी नभएको अवस्थामा व्यापारी र सेवाग्राहीले झन्झट मान्ने भएकोले आवश्यक इन्टरनेटको प्रवन्ध समेत बैंकले नै गरिदिनुपर्ने माग गरे ।
यो सेवा शुभारम्भ भएसँगै विराटनगरको गुद्री बजारमा पुग्ने सेवाग्राहीले डिजिटल रकम भुक्तानी गरेर तरकारी खरिद गर्नसक्नेछन् । एनएमबी बैंक विराटनगर शाखाका प्रमुख प्रकाश घिमिरेले नगदरहित कारोबारतर्फ नागरिकलाई आकर्षित गराउने र डिजिटल नेपाल स्थापनामा सहयोग पु¥याउने उद्देश्यले राष्ट्र बैंकको नीति अनुरुप एनएमबी बैंकले सेवा सुरु गरेको बताए ।
क्युआर कोडबाट कारोबार गर्दा समयको बचत, नगद हराउने तथा लेनदेनमा हुने समस्याको अन्त्य हुने भएकोले तरकारी बजार भित्रका सबै व्यापारीलाई सेवा कार्यन्वयनमा ल्याउन लगाउने व्यवस्थापन समितिका अध्यक्ष पशुपति भगतले जानकारी दिए ।