पोखरा /नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदिय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले जानकारी दिए ।
मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि दाबी पेश गरेका थिए ।पोखरेलले शुक्रबार मुख्यमन्त्री दाबी गर्दै आफूलाई प्रदेश सभाका बहुमत ३१ सांसदको समर्थन रहेको पत्र प्रमुखकहाँ दर्ता गराएका थिए ।
प्रदेश प्रमुख सीता पौडेलले आज ३ बजेभित्र दाबी पत्र पेस गर्न आह्वान गरेकी थिइन् । तर उक्त समयसीमा भित्र पनि नियुक्ति नपाएको भन्दै कांग्रेस, माओवादी, जसपा र जनमोर्चाका सांसद धर्ना बसेका थिए ।
पोखरेलले ३० दिनभित्र उनले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।
तपाईको प्रतिक्रिया