AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय नाघ्यो, सवै भन्दा धेरै मोरङमा ४५ जना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ आश्विन २०७७, आईतवार १७:५३
720
Shares
पुष्पराज थपलिया
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ थप ६ जना संक्रमितको मृत्युभएसँगै मृतकको संख्या १ सय २ जनाको पुगेको । सवै भन्दा बढी मोरङमा ४५ जना रहेकोे सामाजिक विकास मन्त्रालयको तथ्याङकमा उल्लेख रहेको छ । प्रदेश १ बाहिरको १५ जनाको मृत्यु भएको छ ।

प्रदेश १ मा मोरङबाहेक झापा, सुनसरी, धनकुटा,उदयपुर र ताप्लेजुङगरि ६ जिल्लामा कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सवैन्दा कम ताप्लेजुङ, धनकुटा र उदयपुरमा १ जनाको मृत्यु भएको छ । मोरङ पछि दोस्रोमा सुनसरीमा २९ जना र तेस्रोमा झापामा १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ को राजधानी विराटनगरमा अहिलेसम्म कोरोना संक्रमणबाट २९ जनाको ज्यान गएको विराटनगर महानगरपालिकाको तथ्याङकमा उःल्लेख छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर