कलेजमा असोज ७ गते दशैँ कार्निभल आयोजना हुन लागेको हो । उक्त कार्निभलमा चर्चित ब्याण्ड मन्त्र को विशेष प्रस्तुति कलेजका विद्यार्थीहरुको लागि हुनेछ भने कलेजका विद्यार्थीहरुको गायन तथा नृत्य , विभिन्न खेल र खानाका स्टलहरु पनि राखिने कार्यक्रम रहेको कलेजका अपरेशन प्रमुख विविक दाहालले जानकारी दिए । साथै कार्यक्रममा लाखे नृत्य,चङ्गा चेट साथै दशैँको मौलिक झझल्को दिने विभिन्न जानकारीमुलक सामग्री पनि राखिने छ ।
कलेजमा इन्टरनेसनल विजनेस म्यानेजमेन्ट र इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीहरुले उक्त कार्यक्रमको पूर्ण व्यवस्थापन गर्ने दाहालले बताए । कलेजका विद्यार्थी प्रभात थापा र रश्मि अटलले कार्यक्रम संयोजन गर्ने छन् । सवै उपस्थित विद्यार्थी तथा कलेजका सम्पूर्ण टिमले आफ्नो संस्कृति झल्किने पोशाक लगाएर इथिनिक डेू मनाउने पनि कलेजको कार्यक्रम रहेको छ । नेपालीहरुको महान चाड वडा दशैंको अवसरमा विद्यार्थीहरुका लागि मनोरञ्जन साथै आफ्नो प्रतिभा देखाउने माध्यमको रुपमा कार्यक्रम हुन लागेको कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले बताए ।
विराटनगर इन्टरनेशनल कलेजमा विगत ८ वर्षदेखि इन्टरनेशनल विजनेस म्यानेजमेन्ट (विआइविएम) र विगत २ बर्ष देखि इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट पढाइ हुदै आएको छ ।
तपाईको प्रतिक्रिया