पूर्वाञ्चल खबर

टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित ४३ ओभरको खेलमा ३३ दशमलव १ बलमा सवै विकेट गुमाई ८४ रनको झिनो योगफल तयार पारेको थियो । झापाका सुजन थपलियाले २५ रन बनाउँदा एलिस मण्डलले २३ रनको योगदान दिए । मोरङका प्लेयर अफ म्याच प्रेम कामतले ९ ओभरमा किफायती बलिङ गर्दै १ मेडन राख्दै १६ रन दिएर ५ विकेट लिँदा कप्तान दिपेश कँडेलले २ विकेट, फिर्दोस अन्सारी, श्रवण किस्कु र प्रतिक पोखरेलले १–१ विकेट लिए ।
८५ रनको झिनो लक्ष्य पाएको मोरङले ३० दशमलव ५ बलमा ६ विकेट गुमाई सो लक्ष्य भेट्टाएको थियो । मोरङका कप्तान दिपेश कँडेले अविजित ३१ रन जोड्दा पृतिक कामतले अविजित २९ रन बनाए । झापाका विपिनकुमार महतोले ३ विकेट लिँदा आयुस न्यौपाने, सौजनप्रसाद घिमिरे र सुजन थपलियाले १–१ विकेट लिए ।