RUMPUM
animated ellipse animated ellipse

पार्टी फुट्ने निश्चित भन्दै प्रचण्ड – नेपाल पक्षको इटहरीमा भेला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ मंसिर २०७७, शुक्रबार १९:४९
2.78k
Shares
विराटनगर/पार्टी फुट्ने निश्चित भन्दै  नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालनिकटका कार्यकर्ताहरुले सुनसरीको इटहरीमा भेला आयोजना गरेका छन् ।

पार्टी फुटतर्फ गएको भन्दै उनीहरुले कार्यकर्ताहरुलाई कसरी आफूतिर तान्ने र पार्टी कार्यालयहरु कसरी कब्जा गर्न सकिन्छ भनेर छलफल गर्न प्रचण्ड नेपाल समूहका केन्द्रीय नेताहरुको उपस्थितिमा भेलाको आयोजना गरिएको भेलामा सहभागि एक सदस्यले बताएका छन् ।

प्रदेश १ स्तरीय भेलाका रुपमा केन्द्रीय नेताको सहभागितामा प्रदेशस्तरीय नेतृत्वले भेला आयोजना गरेका हुन् । इटहरीको साथी पेट्रोल पम्प नजिकैको इटहरी ब्यक्वेटमा दुई दिन अघि आयोजना गरिएको गोप्य छलफलमा पार्टी फुट्ने दिशामा अघि बढेको भन्दै नेताहरुले पार्टी कार्यालयहरु कब्जा गर्ने र कार्यकर्ताहरुलाई आफूतिर तान्ने रणनीति बनाइएको उनको भनाई छ ।

नेकपा केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज महेश रेग्मीले भेला गरिएको स्विकार गर्दै पार्टीलाई कसरी मजबुद बनाउन सकिन्छ भन्ने एजेन्डामा छलफल भएको बताए । उनले भेलामा पार्टीलाई कुनैपनि हालतमा फुट्न दिनु हुँदैन भन्ने सुझाव आएको जानकारी दिए । भेलामा पूर्वमन्त्री तथा सांसद शिवकुमार मण्डल, पूर्वराज्यमन्त्री गोपिबहादुर आछमीसहित प्रचण्ड नेपाल पक्षका जिल्ला इन्चार्ज र सहइन्चार्जसहित प्रदेशका नेता कार्यकर्ता सहभागी थिए ।

बैठकमा प्रचण्ड र नेपालनिकटका नेता प्रतिनिधिमूलक ढंगको सहभागिता रहेको रेग्मीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर