खबर पूर्वाञ्चल
एमाले कोशी प्रदेश कमिटीले आज झापाको दमकमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासका नाममा तमासा (स्टन्ट) गर्नेहरूले ड्राइभिङ सिक्दै नसिकी गाडी चलाउन खोजेझैँ ढुंगा हानेका भरमा राजनीति चलाउन खोज्छु भनेर उधुम मच्याए पनि उनीहरूलाई जनताले नपत्याएको बताए । देश अब कानुन र विधि अनुसार अगाडि बढ्छ ।
आन्दोलनका नाममा बैँक डुबाउनेहरू, आगजनी गर्नेहरू रक्सीका बोतल लुटेर भाग्नेहरूले जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँताउन क्रान्ति गर्छु भन्दा कसैले उल्किनु वा भ्रम पाल्नु पर्दैन । ठूला कुरा गर्ने र हल्ला गर्नेहरूले देश बनाउँछु भनेर धाक लगाएर केही हुँदैन । त्यस्ताहरूको असली अनुहार १५ चैतको तीनकुनेको अराजक घटनाबाट देखिइसकेको छ,’ प्रधानमन्त्री आर्लीले भने ।
प्रधानमन्त्री ओलीले यसअघि आफू प्रधानमन्त्री भएका बेला पार्टीभित्रका केही स्वार्थी र फुटवादी नेताले पार्टी सिध्याउने असफल प्रयास गरेको चर्चा समेत गरे । उनले भने, ‘विगतमा म प्रधानमन्त्री हुँदा पार्टीभित्रका स्वार्थी र फुटवादीले पार्टीलाई सिध्याउने असफल प्रयास गरेका थिए । अदालतको समेत प्रयोग गरेर हामीलाई सरकारबाट बाहिर पठाए । तर जनताको अभिमतबाट हामी पुनः सरकारको नेतृत्वमा आएका छौं । अब हामीले स्थिरता र स्थायित्वको अठोट गरेर अगाडि बढेका छौं । तपाईंहरू अस्थिरतावादीहरूको कुनै भ्रममा पर्नु पर्दैन ।’