निर्देशक बस्नेतको स्कुल र व्याचलर डिग्री कलेजको सञ्चालन र व्यवस्थापनमा धेरै लामो अनुभव छ । विद्यार्थीमाझमा असाध्यै नाम कमाभएका प्रमुख बस्नेतले यहि भाद्र ५ गते देखि एम्स कलेज छाडेर सोम्स कलेज एवम् अमादब्लम कलेजमा निर्देशकका रुपमा प्रवेश गरेका हुन् । “विराटनगरको शैक्षिक क्षेत्रमा लामो इतिहास बोकेको ग्रीनल्याण्ड कलेजको व्यवस्थापनमा संचालित सोम्स कलेज एवम् अमादब्लम कलेज अब उपरान्त निर्देशन बस्नेतको अगुवाइमा चल्छ ।” सोम्स कलेजका अध्यक्ष दिपक पोखरेलले बताए ।
निर्देशक बस्नेतलाई एक कार्यक्रम गरि कलेजले पदस्थापना गरेको छ । उक्त कार्यक्रममा बोल्दै उनले बताए, “यति लामो अनुभव भएको हुँदा विद्यार्थीको सार्वङ्गीण विकाशका लागि कुनै कसर बाँकी नराख्ने र व्यवहारीक ज्ञान सहितको सिप, संँस्कार र प्रविधिले भरिपुर्ण गरिखाने शिक्षाको व्यवस्था गर्नेछु ।
सोम्स कलेज एवम् अमादब्लम कलेजमा यु.के. बोर्डबाट सम्बन्धन प्राप्त एसिसिए कार्यक्रम सञ्चालनमा छ । साथै २०५९ देखि त्रि.वि.वि.बाट सम्बन्धन प्राप्त विविएस र विएड कार्यक्रमहरु सञ्चालनमा छन् ।
तपाईको प्रतिक्रिया