AArya
RUMPUM
animated ellipse animated ellipse

लायन्स क्लबको रक्तदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ भाद्र २०८३, मंगलवार १६:५९
3
Shares
विराटनगर / लायन्स क्लब अफ विराटनगर सोसियलको आज रक्तदान कार्यक्रम गरेको छ ।

ब्राइट भिजन ल कलेजको सहकार्यमा कलेजमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कलेजमा अध्ययनरत विद्यार्थी एवं अन्य रक्तदाताहरुको सहभागिता रहेको कार्यक्रममा ५१ पिन्ट रक्तदान भएको थियो।

कार्यक्रममा मल्टीपल काउन्सिलर सदस्य ला. लिलाकुमार ढुङेल, डिस्ट्रक ३२५ सि का प्रथम भिडिजि ला. रमेश खत्रि, दोस्रो भिडिजि ला.उदयनारायण बराल, जिल्लाकी कोषध्यक्ष ला. मिना ढुङेल ,जिल्लाका प्रमुख सल्लाहकार ला. शिव रिजाल,कलेजका प्राचार्य चुडामणि आचार्य ,अध्यक्ष बिष्णु पोखरेललगायत लायन्स लगायत क्लबका विभिन्न पदाधिकारीले रक्तदान गरेका थिए ।

ला. लिला ढुङेलले ९३ ओै पटक रक्तदान गरेका छन् । ला. देवकिनन्दन अग्रवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन ला. प्रकाश शर्माले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर