नेपाल यूवा उद्यमी मञ्च विराटनगर च्याप्टरको अध्यक्षमा श्रेष्ठ

खबर पूर्वाञ्चल, १२ बैशाख २०७८, आईतवार १८:५८

विराटनगर /नेपाली यूवा उद्यमी मञ्च (एनवाईईएफ) विराटनगर च्याप्टरको अध्यक्षमा युनेशराज श्रेष्ठ निर्वाचित भएका छन् ।

विराटनगरमा सम्पन्न मञ्चको १७ औं साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा राघव कोईराला, द्वितीय उपाध्यक्षमा शुभम भट्टराई, सचिवमा रंजित भगत, कोषाध्यक्षमा संजीव सिग्देल, कार्यक्रम संयोजकमा श्वेता तुलाधर, लर्निंङ चेयरमा अनमोल प्रधान, शाखा समन्वयकर्तामा रोमन कट्टेल संचार संयोजकमा रितेश खनाल, कानुनी सल्लाहकारः देवाशीष गोल्छा चयन भएका छन् ।

सदस्यहरुमा यूकेश अग्रवाल, उत्कृष्ट भट्टराई, राहुल शर्मा र अभिषेक केडिया चयन भए । विराटनगर च्याप्टरको यसअघिको नेतृत्व सृजन प्याकुरेलले गरेका थिए । नेपाल यूवा उद्यमी मञ्च विराटनगर च्याप्टरले गत एक वर्षको अवधिमा सामाजिक उत्तरदायित्व अन्र्तगतका विविध कार्यक्रम गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

pabson Brt

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५