खबर पूर्वाञ्चल
प्रतियोगितामा कक्षा ११ का ३ टीम, कक्षा १२ का ३ टीम र विविएसका २ टीम गरी ८ टीमको सहभागीता रहेको थियो । प्रतियोगीतामा विविएस दोश्रो वर्षका कृतिका खतिवडा, महिन्द्रा भगत, सिमिता दास र आशा गुप्ताले प्रथम स्थान, कक्षा – १२ का चन्दा राय, कृष्णकुमार भण्डारी र निशा वानियाले दोश्रो स्थान र कक्षा ११ का अमरदिप मोची, आंचलकुमारी मण्डल, उमेश यादव र सृजना राजवंशीले तृतीय स्थान हासील गरेका थिए ।
विजयी विद्यार्थीहरुलाई कलेजका अध्यक्ष गुणराज ढुङ्गेल, उपाध्यक्ष प्रा.डा. प्रमोदकुमार झाले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरे । कोरोना भाइरसको बावजुद पनि विद्यार्थीको प्रतिभा प्रस्फुटन गर्न विभिन्न अतिरिक्त क्रियाकलाप गर्दै अएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकालले बताए । उक्त प्रतियोगीतामा डा. मनोज गुप्ता, लक्ष्मण ढकाल, नवजीत प्रधान, गणेश दाहाल, दिपेस भगत, निदेश आचार्यले क्वीज मास्टरको भुमिका निर्वाह गरेका थिए ।