दुई बालकसहित लागूऔषध कारोबारी पक्राउ

खबर पूर्वाञ्चल, १५ चैत्र २०७७, आईतवार १६:२४

विराटनगर/ अवैध लागूऔषध कारोबारीसहित दुई जना बालक पक्राउ परेका छन् । प्रहरीले विराटनगर महानगरपालिका-१८ भेडियारीबाट लागुऔषध कोरोबारीसहित दुई जना बालकलाई पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा पर्नेमा भारतको जोगवनीबाट लागुऔषध लिएर नेपालतिर आउँदै गरेको अवस्थामा ११ र १३ वर्षे बालक पक्राउ परेको मोरङ प्रहरीले जनाएको छ । विराटनगर-१८ घर भएका दुवै बालक एउटै परिवारका दाजु-भाई हुन् । लागुऔषध ओसारपसारमा बालबालिकाको प्रयोग गरिरहेका भारतमा बसेर नेपालतिर ‘सप्लाई’ गर्दै लागुऔषधको धन्दा चलाइरहेका अररीया वैजनाथपुरका २३ वर्षीय दीलिपकुमार साहलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका बालवालिकालाई प्रयोग गरि लागूऔषध नेपाल तिर सप्लाइ गर्ने धन्दामा लागेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बालकहरु शङ्कास्पद अवस्थामा जाली झोला बोकेर नेपाल छिरेपछि नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरुले बोकेको झोलामा लागुऔषध बरामद भएको जानकारी दिए । लागुऔषध बालकलाई भरियाका रुपमा प्रयोग गर्दै साहले नेपालतिर पठाएको खुलेको उनको भनाइ छ । लामो समयदेखि लागुऔषधको ओसारपसार र कारोबारमा संलग्न रहेका साहले पछिल्लो समय भने नेपालतिर लागुऔषध पठाउन बालकहरुलाई भरियाका रुपमा प्रयोग गरिरहेको पुष्टि भएको जानकारी डिएसपी राईले दिए ।

नेपाल-भारत आवातजावत गर्ने क्रममा सुरक्षाकर्मीले पनि वास्ता नगर्ने भएका कारण बालबालिकाको प्रयोग गरेर लागुऔषध ओसार्ने गरिएको पुष्टि भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार बालकहरुले बोकेको जाली झोलाबाट ठूलो परिणामको लागुऔषध नियन्त्रणमा लिइएको छ । पक्राउ परेका बालकहरुले बोकेको झोलाबाट डाइजेपाम, फेनारगन र नुफिन गरेर पाँच सय ७० एम्पुल लागुऔषध बरामद भएको उनले बताए । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बालकहरुले भने पैसाको लोभमा परेर लागुऔषध राखेको झोला नेपालतिर ल्याएको देखिएको छ । उनीहरुले दिएको सूचनाका आधारमा प्रहरीले नेपाल छिरेका बेला मुख्य कारोबारी साहलाई पनि पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार पक्राउ परेका बालकहरुको पारिवारिक आर्थिक अवस्था कमजोर छ । त्यही भएकाले पैसाको लोभ देखाउँदै लागुऔषध ओसार्न उनीहरुलाई प्रयोग गरिएको खुलेको छ । पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले आइतबार अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

arniko
kantipur
pabson Brt
GREDED
siddharth
brithfutur
PABSON MORANG

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५