खबर पूर्वाञ्चल
प्रहरीले विराटनगर महानगरपालिका – ५ का ३५ वर्षिय संजय राजवंशीलाई १४ वर्षिय सुस्तमनस्थितिकी बालिकालाई करणी गरेको आरोपमा पक्राउ गरेको हो । ती बालिकाको घरमा कोही नभएको मौका छोपी राजवंशीले भदौ ४ गते करणी गरेको प्रहरीले जनाएको छ । पीडितले मोरङ प्रहरीमा आएर जाहेरी दिएपछि राजवंशीलाई पक्राउ गरि अदालतमा म्यात थप गरि अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
भदौ ४ गते ती बालिकाको आमा बजार गएको बेलामा सुस्तमनस्थितिकी बालिका घरमै टिभी हेर्दै बसेकी थिइन् । आमा बजार गएको मौका छोपी टिभी हेर्दै गरेकी बालिकालाई राजवंशीले करणी गरेको पीडित परिवाले दिएको जाहेरीमा उल्लेख छ । ति बालिकाको विराटनगरस्थित कोशी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा पनि करणाी भएको रिपोर्ट आएको प्रहरीले जनाएको छ ।
प्रहरीले जिल्ला अदालत मोरङमा राजवंशी विरुद्ध जवरजस्ती करणाी मुद्दामा म्याद थप गरि अनुस्न्धान गर्दै आएको छ ।