animated ellipse animated ellipse

पाँच दिने १ हजार ८ पार्थिव शिवलिङ पूजा शुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ चैत्र २०७८, बुधबार १९:२१
261
Shares
विराटनगर /विराटनगरमा आजबाट पाँच दिने १ हजार ८ पार्थिव शिवलिङ पूजा शुरु भएको छ । विराटनगर ८ बलुवाहीस्थित श्री स्वस्थानेश्वर महादेव मन्दिर परिसरमा पाँचदिने पार्थिव शिवलिङ पूजन र शिव महापुराण पाठ पारायण शुरु भएको हो ।

सो अवसरमा पुजाको पहिलो दिन झाँकीसहितको कलशयात्रा निकालिएको छ । बलुवाहीस्थित मन्दिर परिसरबाट शुरु भएको कलशयात्राको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले शुभारभ्म गरे । भगवान शिव परिवारको झाँकीसहित निकालिएको कलशयात्राले नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेको थियो । विश्वशान्ति तथा कल्याणको कामना सहित पाँचदिने धार्मिक कार्यक्रम आयोजना गरिएको स्वस्थानेश्वर महादेव मन्दिरका मुख्य पुजारी पुष्पराज पोखरेलले बताए ।

पार्थिव पुजाका निम्ति १ हजार ८ वटा माटाका शिवलिङ निर्माणगरि मन्दिर परिसरमा स्थापना गरिएको छ । पाँचदिनसम्म धार्मिक विधिविधान अनुसार ती पार्थिव शिवलिङहरु पुजापाठ गरिनुका साथै शिव महापुराण कथा वाचन,लाखबत्ती प्रज्वलन र भजन किर्तन लगायतका कार्यक्रम समेत आयोजना गरिएको आयोजक समितिका सदस्य राजन राँयले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर