पठनपाठन सुचारू गर्न प्याब्सन र एनप्याब्सनको माग

खबर पूर्वाञ्चल, २ श्रावण २०७७, शुक्रबार २१:२६

विराटनगर / कोभिड– १९ का कारणले तहस नहस भएको विद्याथीहरुको पठनपाठनलाई सुचारु गर्न प्याब्सन नगर समिति र एनप्याब्सन विराटनगरले माग राखेका छन् । उनीहरूले आज संयुक्त ध्यानाकर्षण पत्र विराटनगर महानगरपालिकालाई बुझाउँदै यस्तो माग राखेका हुन् ।

प्याब्सन विराटनगरका अध्यक्ष इन्द्र राई र एन प्याब्सन नगर संयोजक राजनकुमार छाराहाङले गरेको हस्ताक्षरसहतिको ध्यानाकर्षण पत्रमा नयाँ विद्यार्थी भर्ना, अध्ययनरत विद्यार्थीहरुको अभिलेखीकरण गरी पाठ्य पुस्तक लगायत शिक्षण सामाग्रीहरु व्यवस्थापन गर्ने वातावरण यथाशीध्र निर्माण गरिनुपर्ने उल्लेखछ ।

यस्तै क्वारेन्टिनका लागि प्रयोग भएका विराटनगर वडा १३ मा रहेको डिएभी विद्यालयबाट क्वारेन्टिन अर्को स्थानमा स्थान्तरण गरी निर्मलीकरणको व्यवस्था गरिनुपर्ने, वर्तमान शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रका लागि १८०/ १९० दिन पठनपाठन गनु पर्ने हुँदा सोही अनुसार शैक्षिक सत्र २०७७ का लागि केही सार्वजनिक बिदाहरु कटौती गरी नयाँ शैक्षिक क्यालेन्डर निर्माण गनुपर्ने उल्लेखछ ।

यसैगरि शैक्षिक सत्र २०७७ मा विद्यालयहरुले शिक्षा नियमावली अनुसार तोकिएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धताको आधारमा शुल्कहरु संकलन गर्न पाउने व्यवस्था गरिनुपर्ने निजी विद्यालयहरुले शैक्षिक सत्र २०७६ को बाँकी बक्यौता उठाउन नसकेको र शैक्षिक सत्र २०७७ सालको कुनै पनि शुल्क संकलन नगर्न नेपाल सरकारले निर्देशन गरेको अवस्थामा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुलाई उचित सहयोगको व्यवस्था गरिनुपर्ने र घर जग्गा वहाल कर, व्यवसायिक कर लगायत अन्य महशुलहरुमा छुटको व्यवस्था महानगरपाकिाले गरिदिनुपर्ने ध्यानकार्षण पत्रमा उल्लेख छ ।

प्रतिक्रियाहरु

  1. सुरज लेख्नुहुन्छ

    बन्दको आव्हान पनि आफैले गर्नु अनि खुल्नको निमित्त बिन्ती पनि आफैले गर्नु।।दोहोरो चरित्र।।।

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५