AArya
RUMPUM
animated ellipse animated ellipse

मंसिर ४ गते प्रदेश र संघीयको चुनाव एकै चरणमा गर्ने सरकारको घोषणा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ श्रावण २०७९, बिहीबार १६:२२
144
Shares
विराटनगर / सरकारले प्रादेशिक र संघीय निर्वाचन आगामी मंसिर ४ गते गर्ने घोषणा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो ।

यसअघि हिजो बसेको सत्ता गठबन्धनका शीर्ष नेताबीचको बैठकले दुवै निर्वचान मंसिर ४ गते गर्ने सहमति गरेको थियो । हिजो दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंसिर ४ गते निर्वाचन गर्ने सहमति गरेको थियो ।

बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेता सहभागी थिए ।

बैठकमा सत्ता सहयात्री दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस वरिष्ठ नेता पौडेल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित गठबन्धनका शीर्ष नेता सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर