RUMPUM
animated ellipse animated ellipse

शिक्षककालागि एभरेष्टमा तीनदिने कार्यशाला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ जेष्ठ २०८०, आईतवार २०:२४
216
Shares
विराटनगर / विराटनगर– ५ स्थित एभरेष्ट स्कुलले आफ्ना शिक्षकहरुका लागि तीन दिने कार्यशालाको आयोजना गरेको छ ।

उच्चस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सीप, संस्कार र प्रविधिलाई समेत जोडेर शिक्षा प्रदान गर्ने बाटोमा अघि बढेको एभरेष्टले गतवर्षदेखि शिक्षकहरुका लागि समयसमयमा पुनरताजगी कार्यशाला तथा तालिमहरु गर्दै आएको छ ।

रातो बंगला फाउण्डेसन काठमाडौंसँगको सहकार्यपछि शिक्षकहरुलाई बालबालिकाको अन्तरनिहित क्षमताको मूल्याङ्कन गर्दै उनीहरुलाई कृयाकलापका माध्यमबाट शिक्षण सिकाई गराउने बिषयमा कार्यशाला केन्द्रित रहेको विद्यालयका सहायक प्राचार्य टीएन भण्डारीले बताए । उनका अनुसार यो कार्यशाला निरन्तरताको पुनरताजगी हो, यो सँगै आगामी दिनमा गर्ने नविन प्रयोगका विषय समेत समेटिएको छ । खासगरि प्ले ग्रुप (पीजी) देखि कक्षा ८ सम्मका विद्यार्थीहरुलाई सीप संस्कार र प्रविधिसँग जोड्दै कृयाकलापमा आधारित सिकाई पद्दतीका विषयमा कार्यशाला केन्द्रित छ ।

कार्यशालाले शिक्षकहरुलाई करिकुलममा विषयवस्तुसँगै सिप संस्कार र प्रविधि र टेक्स्टबुकलाई कसरी जोड्ने , बच्चाहरुलाई कसरी सीप सिकाउने र उनीहरुको आन्तरिक क्षमतालाई मूल्याङ्कन गर्न सहज बनाउने उनले बताए। कार्यशालामा पीजीदेखि कक्षा ७ सम्म अध्ययापन गराउने ६६ शिक्षक शिक्षिकाको सहभागिता रहेको छ । हिजोदेखि सुरु भएको कार्यशाला भोली समापन हुने छ ।

कार्यशालालाई सहजीकरण कक्षा २ देखि ७ सम्मका शिक्षकहरुका लागि मिदेश महर्जन र मन्टेश्वरी तहका लागि सदिक्षा बज्रचार्य र सन्जु शर्माले गरेकी छिन् । कार्यशालामा सहभागि शिक्षकहरुले यो कार्यशालाले व्यवहारतः बालबालिकाको मनोविज्ञान बुझ्दै उनीहरुलाई कृयाकलापका आधारमा सिप, संस्कृती र प्रविधिसँग जोड्दै शिक्षण सिकाई गराउन मद्दत पुग्ने मन्टेश्वरी इन्चार्ज रेश्मी क्षेत्रीले बताइन् । अन्तर्राष्ट्रिय स्तरको शिक्षण सिकाई एभरेष्टले दिनुपर्छ भन्ने मान्यताका साथ आफुहरु अघि बढेको भन्दै विद्यालयका प्राचार्य टिकाराम पुरीले शिक्षालाई सीप, संस्कार र प्रविधिसँग जोड्नुपर्ने मान्यता अनुरुप नियमित गरिने कार्यशाला रहेको बताइन्। उन भनिन,‘मुखले भनेर मात्र हुँदै परिणाम ल्याउन हामीले नियमित कार्यशाला, तालिमलगायतका नविन प्रयोगहरु शिक्षक र विद्यार्थीहरुलाई पनि गराउँदै आएका छौं ।’ देशकै उत्कृष्ट विद्यालयका रुपमा स्थापित भएको एभरेष्टले आफ्ना भौतिक संरचना, कक्षा कोठा, र सिकाई पद्दतिलाई पनि अन्तर्राष्ट्रियस्तरको प्रविधि मैत्री बनाउँदै लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर