AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको बाल सुधारगृहबाट २ सयभन्दा बढी बाल बिज्याइँकर्ता फरार, ६० जना नियन्त्रणमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२५ भाद्र २०८२, बुधबार १२:३७
9
Shares
विराटनगर / विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधारगृहबाट आज विहान २ सयभन्दा बढी बाल बिज्याइँकर्ताहरू फरार भएका छन् ।

गृहमा रहेका कूल २ सय ५५ जनामध्ये करिब ५० जना मात्र भित्र बसेको र बाँकी फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार, बाल बिज्याइँकर्ताहरूले गृहको मुख्य गेटको चाबी फुटाएर सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई लछारछपार पार्दै भागेका थिए । सुधारगृहको सुरक्षाका लागि २० जनाभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

घटनालगत्तै फरार भएकाहरूलाई नियन्त्रणमा लिनका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । हालसम्म फरार भएकामध्ये करिब ६० जनालाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएकाहरूलाई पुनः सुधारगृहभित्र लगिएको छ । फरार भएका बाल बिज्याइँकर्ताहरूलाई स्थानीय बासिन्दाले पनि नियन्त्रणमा लिएर सुरक्षाकर्मीको जिम्मा लगाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर