AArya
animated ellipse animated ellipse

मंगलबारे अस्पतालमा ‘पीपीई बुथ’ राखियो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ बैशाख २०७७, शुक्रबार १८:१५
3
Shares
विराटनगर / उर्लाबारी नगरपालिका –३ स्थित मंगलबार अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि स्वाब कलेक्सन बुथ राखिएको छ ।

मदन भण्डारी स्मृति प्रतिष्ठानको र राष्ट्रिय युवा संघ नेपाल मोरङको सहयोगमा मंगलबारे अस्पताल परिसर भित्र स्वाब संकलन गरिने बुथ शुक्रबार राखिएको हो ।

चिकित्सकको सुरक्षा व्यवस्थालाई ध्यानमा राखि स्वाब संकलन र विरामी जाँचमा बुथले ठूलो सहयोग मिल्ने मंगलबारे अस्पतालका निमिक्त मेडिकल सुपरिटेन्डेण्ट डा. योगशकुमार मण्डलले बताए । उनले कोरोना भाइरसको आशंका लागेका विरामीहरुको स्वाब कलेक्सनका लागि निर्माण गरिएको बुथ प्राप्त भएकोले स्वाब कलेक्नसन गर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीलाई हुने संक्रमणको जोखिमबाट जोगाउने उनले बताए । त्यस्तै यसको प्रयोगबाट स्वास्थ्यकर्मीले लगाउने पीपीईलगायतका अन्य स्वास्थ्य सामग्रीको बचत हुने समेत बताए । स्वाब कलेक्सन बुथ पाएसँगै अस्पतालले कोरोना भाइरसको संक्रमणको आशंका गरिएका बिरामीहरुलाई पनि राम्रो सेवा दिन सक्ने उनले बताए ।

स्वाब संकलन गरेपछि मंगलबार अस्पतालले परीक्षणको लागि विराटनगरस्थित कोशी अस्पतालमा र धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठान पठाउने गरेको छ ।

स्वाब कलेक्सन बुथ उपलब्ध गराउँदै मदन भण्डारी स्मृति प्रतिष्ठानका सह–सचिब अग्नी भट्टराईले अस्पतालले सुरक्षित रुपमा बिरामीको स्वाब कलेक्सन गर्न यसले सहयोग र्पुयाउने बताए ।
राष्ट्रिय युवा संघ नेपाल मोरङका अध्यक्ष नविन पौडेलले स्वास्थ्यकर्मी र बिरामी दुवैलाई संक्रमणको जोखिमबाट जोगाउन यसले सहयोग गर्ने बताए । बुथमा प्रयोग गरिएका सामग्रीहरु गुणस्तरीय रहेको र बुथ भित्र राम्रोसँग हावा पास हुने व्यवस्थालाई सुरक्षित बनाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर