खबर पूर्वाञ्चल
एउटा स्थानीय सरकारका प्रमुखले अर्को स्थानीय सरकारविरुद्ध भएको आन्दोलनमा सशरीर उपस्थित भएर ऐक्यबद्धता जनाएसँगै उनी विवादमा तानिएका छन् । त्यसै पनि कार्यक्षमता कमजोर भएको र मनोमानी गरिरहेको भनेर मेयर कोइरालाप्रति असन्तुष्टि बढ्दो छ ।
एउटा पालिका प्रमुखको जिम्मेवारीमा रहेका व्यक्ति अर्को पालिकाविरुद्ध भएको नारा जुलुस र प्रदर्शनमा सहभागी हुनुलाई आश्चर्यजनक हिसाबले हेरिएको छ ।
रंगेली नगरपालिकाले निर्धारण गरेको करविरुद्ध नेपाली कांग्रसले आन्दोलन गरिरहेको छ । कांग्रेसबाटै विराटनगरको मेयर निर्वाचित भएका कोइराला रंगेली नगरपालिकाको नेतृत्वविरुद्ध भएको आन्दोलनमा बुधबार सहभागी भएसँगै झन् विवादमा तानिएका हुन् ।
रंगेली नगर एमालेको नेतृत्वमा छ । एउटा पालिका प्रमुखको जिम्मेवारीमा रहेका व्यक्ति अर्को पालिकाविरुद्ध भएको नारा जुलुस र प्रदर्शनमा सहभागी हुनुलाई आश्चर्यजनक हिसाबले हेरिएको छ ।
कार्यालय समयमा कोइराला रंगेलीको आन्दोलनमा पुगिरहँदा विराटनगरस्थित उनको कार्यकक्ष अगाडि भने सेवाग्राही उनलाई पर्खिएर बसिरहेका थिए । नगरपालिकाविरुद्धको आन्दोलनका क्रममा कोइराला मंगलबार पनि रंगेली पुगेका थिए ।
आफ्नो महानगर सुधारतर्फ ध्यान दिनुपर्ने मेयर अर्को पालिकाविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पुगेपछि चौतर्फी आलोचना भइरहेको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईसहितका सुरक्षा अधिकारीसँग उनी रंगेली पुगेका हुन् । मंगलबार भने उनले समन्वयात्मक भूमिका निर्वाह गरेको बताइन्छ । आज भने नारा जुलुस र प्रदर्शनमै सहभागी भएका छन् ।
आफ्नो महानगर सुधारतर्फ ध्यान दिनुपर्ने मेयर अर्को पालिकाविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पुगेपछि चौतर्फी आलोचना भइरहेको छ । रंगेलीको आन्दोलनमा जनाएको उपस्थितिले उनको कार्यशैलीको विरोध र टीकाटिप्पणी गर्नेहरुलाई थप बल पुगेको छ ।
रंगेली नगरपालिकाले कर वृद्धि गरेपछि पार्टीकोतर्फबाट आन्दोलन भइरहेको नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिए । घिमिरे रंगेलीको मेयरमा एमालेका दिलिप बगडियासँग पराजित भएका थिए ।
नगरपालिकाले बढाएको र नयाँ निर्धारण गरेको कर घटाउने मागसहितको आन्दोलनमा विराटनगरका मेयर पनि सहभागी भएको घिमिरेले बताए । मेयर कोइरालाले भने पालिका प्रमुखको हैसियतमा नभइ पार्टीको तर्फबाट आन्दोलनमा गएको बताए । ‘म नेपाली कांग्रेस मोरङ जिल्लाको उपसभापति हो । उपसभापतिको हैसियतामा आन्दोलनमा सहभागी भएँ । म निजी गाडीमा गएको छु,’ उनले भने ।
जिल्ला सभापतिमा उठ्नका लागि आफ्नो माहोल मिलाउन लागेका कोइराला मंगलबार कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशनमा पनि पुगेका थिए ।
नेपाली कांग्रेसको जिल्ला अधिवेशन नजिकिँदैछ । अधिवेशनमा उनले सभापतिमा उठ्ने तयारी गरिरहेका छन् । सभापतिमा उठ्ने भएपछि महानगरभित्रको काम छाडेर भएपनि उनी रंगेलीको आन्दोलनमा पुगेको कांग्रेस रंगेलीका एक नेताले बताए ।
सभापतिमा उठ्नका लागि आफ्नो माहोल मिलाउन लागेका कोइराला मंगलबार कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशनमा पनि पुगेका थिए । केदार कार्कीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि कोइराला उपस्थित भए ।
कोइराला मेयरमा निर्वाचित भएपछि पूर्वमुख्यमन्त्री कार्कीसँगको सम्बन्ध बिग्रिएको थियो । गत १२ साउन २०८१ मा प्रेस युनियनको जिल्ला अधिवेशनमा कार्की र कोइरालाले छुट्टाछुट्टै प्यानल बनाएका थिए ।
नागेश कोइरालाले पछिल्लो समय केदार कार्कीसँग सम्बन्ध सुधार गरेका छन् । दुवैको प्रतिस्पर्धा शेखर कोइरालासँग को बढी नजिक हुने भन्नेमा छ ।
उनीहरु दुवै कांग्रेसभित्र डाक्टर शेखर कोइराला पक्षधर हुन् । दुवैको प्रतिस्पर्धा कोइरालासँग को बढी नजिक हुने भन्नेमा छ । ‘जिल्ला अधिवेशन निजिकिएपछि सम्बन्ध सुधार गर्दैछन् । केदारसँग पछिल्लो समय सम्बन्ध सुधार गरेका छन्,’ कोइरालानिकट एक नेताले भने,‘ जिल्ला सभापति उठ्ने भएपनि महानगरमा भन्दा बढी ध्यान पार्टीलाई दिइरहेको कांग्रेसकै नेता कार्यकर्ता बताउँछन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आन्दोलनरत पक्षसँग छलफलका लागि मंगलबार पुगेको जानकारी दिए । रंगेलीका मेयर दिलिप बगडिया अहिले भारतमा छन् । मेयर बगडिया फर्किएपछि छलफलबाट समस्या सामधान गर्न आग्रह गरिएको प्रजिअ भट्टराईको भनाइ छ । मुलुकी खबरबाट
तपाईको प्रतिक्रिया