विराटनगरको कोशीमा सुत्केरीको मृत्यु, रातभरी अस्पताल तनाग्रस्त

खबर पूर्वाञ्चल, १ भाद्र २०८०, शुक्रबार ०९:४७
2.09k
Shares
विराटनगर / विराटनगरस्थित कोशी अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएपछि रातभरी तनावग्रस्त बनेको छ ।

अस्पतालको आइसियुमा मोरङ धनपालथान गाउँपालिका ३ का १८ बर्सिया सुलेखा मण्डलको आज राती मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।

मण्डलले साउन २४ गते रंगेली अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । नर्मल डेलिभरी भएर साउन २६ गते अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । स्वास्थ्यमा समस्या आएपछि साउन २८ गते कोशी अस्पतालको आइसियुमा राखेर उपचार सुरु भएको थियो । उपचारको क्रममा उनको आज मृत्यु भयो ।

मृतकका आफन्तहरूले अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै रातभरी अस्पताल परिसर भित्र नाराबाजी गरेका थिए। मोरङ प्रहरी र वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली अस्पतालको सुरक्षाको लागि खटिएका छन् । अस्पताल परिसर भित्र मृतकका आफन्तले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही गरिनुपर्ने, छानबिन टोली गठन गरी दोषी उपर कारबाही हुनुपर्नेलगायतका माग राख्दै नाराबाजी गरेका थिए ।

यता अस्पताल प्रशासनबाट आधिकारिक धारणा आउने बाँकी रहेको छ । के कारणले बिरामीको मृत्यु भयो यस विषयमा अस्पताल प्रशासनले उपचारमा संलग्न चिकित्सकसँग बुझेर यथार्थ सार्वजनिक गर्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५