AArya
RUMPUM
animated ellipse animated ellipse

श्रीमतीको हत्या गरी मोरङको रंगेलीमा गरे एक युवकले आत्महत्या

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० माघ २०८२, मंगलवार १०:२४
108
Shares
विराटनगर / मोरङको रंगेली ५ धनपट्टीमा एक युवकले आफ्नै श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् ।

रंगेली नगरपालिका–५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रंगेली–५ धनपट्टीस्थित ससुराली घर पुगेर श्रीमतीको हत्या गरेपछि आफूले पनि ज्यान फालेका हुन् ।

मोरङ प्रहरीका प्रवक्ता एवं डीएसपी लीलाराज लामिछानेका अनुसार घटना मंगलबार बिहान करिब २ : ४५ बजेतिरको हो । मुकेश सोमबार बेलुका धनपट्टीस्थित ससुराली घर पुगेका थिए । राति सुतेकै ठाउँमा श्रीमती २१ वर्षीया अम्बिकाकुमारी मण्डलसँग विवाद भएपछि उनले चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घरेलु विवादका क्रममा मुकेशले अम्बिकाकुमारीमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारबाट अम्बिकाको घटनास्थलमै मृत्यु भएको थियो । श्रीमतीको मृत्यु भएलगत्तै मुकेशले पनि सोही चक्कुले आफ्नै घाँटी रेटेको डीएसपी लामिछानेले जानकारी दिए । मुकेशको पनि घटनास्थलमै मृत्यु भएको छ ।

घटनाको जानकारी पाएलगत्तै मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालसहितको टोली घटनास्थल पुगेको छ । प्रहरीले अहिले दुवैको शव नियन्त्रणमा लिएर मुचुल्का उठाउने लगायतका कानुनी प्रक्रिया पूरा गरि शवलाई कोशी अस्पतालमा ल्याएको छ ।

उनीहरूबीच कुन विषयलाई लिएर विवाद भएको थियो भन्नेबारे अझै यकिन हुन सकेको छैन । ‘घटनाको वास्तविक कारण र अन्य पृष्ठभूमिका बारेमा विस्तृत अनुसन्धान भइरहेको छ, अनुसन्धानपछि मात्र थप कुरा खुल्नेछ,’ डीएसपी लामिछानेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर