निर्वाचन आयोगले हप्तादिन पछि गर्नेे निर्णयले ठूलै भुकम्प आउँछ– प्रमुख निर्वाचन आयुक्त थपलिया

खबर पूर्वाञ्चल, ४ कार्तिक २०७९, शुक्रबार १६:३७
180
Shares
विराटनगर / निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दलहरूले आचारसंहिता पालना नगरेकोमा असन्तुष्टि जनाएका छन् ।

दलहरूले आफैँले पालना गर्छु भनेको आचारसंहिता पालना नगरेको भन्दै असन्तुष्ट प्रमुख निर्वाचन आयुक्त थपलियाले देखिएका ५–७ दिनपछि आयोगले गर्ने निर्णयले ठूलै भुकम्प आउने चेतावनी दिए ।

विराटनगरमा आयोजित सञ्चार माध्यम अभिमुखीकरण कार्यक्रममा बाल्दै यस्तो बताएका हुन् । कानुन बमोजिम स्पष्टीकरण सोध्दा कोकोहोलो भइरहेको प्रमुख निर्वाचन आयुक्त थपलियाले बताए । उनले स्पष्टीकरण सोध्दा कारवाहि भन्ने बुझ्न नहुने भन्दै प्रकृयाको आरम्भ मात्रै रहेको बताए ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले फ्री भिषा फ्री टिकटको आश्वासन बाँडेपछि त्यसलाई आयोगले गम्भीरताका साथ कानुनको पालनामा जोड दिएको बताए । आफैले पालना गर्छु भनेको आचारसंहिता पालना नगर्ने, स्पष्टीकरण सोध्दा कोकोहोलो भएको छ थपलियाले भने ।

उनले मिडियाकै कारण आयोग बलियो भएको बताए । मिडियामा आएको कुरा पहिले भेरिफिकेशनको प्रक्रिया अघि बढाएको बताए । स्पष्टीकरण सोध्नुलाई कारबाही गरेको भनेर बुझ्न नहुने, बरु कारबाहीको प्रक्रिया शुरु भएको भनेर बुझ्नु पर्ने बताए ।

गत स्थानीय तह निर्वाचनमा देखिएका समस्यालाई आयोगले यसपटक सम्बोधन गर्ने उदेश्यले निर्वाचन कानुनको पालनामा केही कडाइ गरिएको प्रमुख निर्वाचन आयुक्त थपलियालेजानकारी दिए ।

राजनीतिक दलहरुकै अनुरोधमा निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आयोगले आचारसंहिता बनाएको जानकारी गराउँदै आचारसंहिता पालना गर्न सबै पक्षसँग अनुरोध समेत प्रमुख निर्वाचन आयुक्त थपलियाले गरे । उनले निर्वाचनलाई व्यवस्थित, मर्यादित र विश्वसनीय बनाउन दुुईवटा नारा अगाडि सारेको बताए ।

‘पद, पैसा र पहुँचले निर्वाचन प्रभावित हुनुहुँदैन, निष्ठा विचार र सिद्धान्तबाट निर्देशित हुनुपर्छ भन्ने मान्यता स्थापित गरौँ’ र ‘निर्वाचनको स्वच्छताको लागि सामाजिक सञ्जालको व्यवस्थित उपयोग गरौँ ’ भन्ने दुई वटा नारा अघि सारिएको उनले बताए ।

उनले सामजिक सञ्जालबाट हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार, सूचना तोडमोड र द्वेषपूर्ण अभिव्यक्तिलाई नियमन गर्दै निर्वाचनको विश्वसनीयता र निष्पक्षता जोगाउन आयोगले आवश्यक तयारी गरेको स्पष्ट पारे ।

उनले राजनितिक दलहरुले अपेक्षाकृत महिला उम्मेदवारको नउठाएको र निर्वाचित हुँदा पनि कानुनतः कार्यभार सम्हाल्न नपाउने उम्मेदवार उठाएको प्रति टिप्पणी गरे ।

उनले सञ्चारकर्मीहरुलाई पनि स्वच्छ र मर्यादित पत्रकारिताको परिचय स्थापित गर्न आम पाठक, दर्शक र श्रोताले थाहा पाउने गरी स्वमूल्यांकन र स्वनियमनको अभ्यास प्रारम्भ गर्न आग्रह गरे । आमसञ्चार माध्यमहरूले गर्ने रिर्पोटिङले आचारसंहिताको कार्यान्वयन, पालना तथा निर्वाचन खर्चको नियमन गर्न आयोगलाई महत्वपूर्ण पृष्ठपोषण हुने बताए ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाता नामावलीमा नाम भएको बालिग मतदाताले मतदाता परिचयपत्र नभएपनि मतदान गर्न सक्ने व्यवस्था मिलाइने बताए । यसका लागि मतदाताले आफ्नो परिचय खुल्ने धनीपूर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्रलगायतका कुनैपनि परिचयपत्र भने बोक्नुपर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५