दमक गिरिजाप्रसाद कोइराला फुटबलको उपाधी नजिक

खबर पूर्वाञ्चल, १८ चैत्र २०७७, बुधबार १९:०७

सुनसरी /दमक नगरपालिका ईटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमीफाइनल खेलमा सुनसरीको इनरुवा नगरपालिकालाई ५–३ गोल अन्तरले पराजित गर्दै दमकले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

दमकको जितमा माल्दिना आंगपुचोले ह्याटिक गरे । उनले खेलको २४ औ, ५० औ र ७५ औ मिनेटमा गोल गरे । दमककातर्फबाट थप २ गोल खेम पोखरेल र संजय धिमालले गरे । पोखरेलले खेलको ४ औ मिनेट र धिमालले ५० औ मिनेटमा गरेका थिए ।

इनरुवाकालागि अभिषेक कालिकोटेले २ गोल गर्दा सिसम चौधरीले १ गरेका फर्काए । कालिकोटेले खेलको १८ र २५ औ मिनेटमा गोल गरेका थिएभने चौधरीले खेलको १४ औ मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच ह्याटिक गरेका दमकका माल्दिना आंगपुचो घोषित भए । उनलाई प्रमुख अतिथि तरुणदल सुनसरीका अध्यक्ष सिजन गुरुङले नगद ३ हजार सहित टफी प्रदान गरे ।
दमकले अब उपाधीकालागि भोली धरान

उपमहानगरपालिका र विराटनगर महानगरपालिकाबिचको विजेतासंग शनिबार प्रतिष्पर्धा गर्नेछ ।

इटहरी स्थित क्षेत्रिय रंगशालामाजारी प्रतियोगिताको विजेता टिमले २ लाखनगद र उपबिजेतालाई १ लाख पुरस्कार पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५