animated ellipse animated ellipse

क्लासिकटेक तालाबन्दी प्रकरण : यस्तो छ वास्तविकता

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१३ भाद्र २०७८, आईतवार १२:२६
2.1k
Shares
विराटनगर / इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको विराटनगर ट्राफिक चौकस्थित शाखा कार्यालयमा (सेवाग्राहीद्वारा तालाबन्दी ) शिर्षकमा बिभिन्न मिडियामा प्रकाशित समचार प्रती क्लासिक टेकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एक पक्षिय तथा केही ब्यत्तिगत स्वार्थ बोकेका ब्यत्तिहरुको उक्साहटमा केही सञ्चार माध्यमहरुमा क्लासिकटेकलाई बद्नाम गराउने उद्धेश्यका साथ भ्रामक र कपोकल्पित समाचार प्रकाशन गरेको प्रति संस्थाको गम्भिर आपत्ती रहेको बिज्ञपतिमा जनाईएको छ ।

क्लासिकटेकले भनेको छ यस्ता भ्रमपुर्ण र अतिरञ्जित समाचार प्रकाशन र प्रसारण गरिनुअघि सम्बन्धित संस्था र ब्यत्तिलाई बुझनुपर्ने पत्रकारिताको सामान्य धर्म समेत निर्वाह गर्न नसक्ने र स्वार्थ पुर्तिका लागि अर्नगल प्रचार गर्ने ब्यत्ति र सञ्चारमाध्यायमप्रति खेद प्रकट गर्दछौँ । र यस्तो भ्रामक समाचार आगामी दिनमा प्रकाशन र प्रसारण नगर्न समेत सम्बन्धित पक्षसँग आग्रह समेत गरेको छ ।”

कोरोना भाईररस (कोभिड १९)को महामारीमा विश्व आक्रान्त बनेको यस्तो चुनौतिपूर्ण घडिमा हरेक नेपालीको अपरिहार्य आवश्यकता बनेको इन्टरनेट सेवाप्रवाह गर्न क्लासिक टेकले पनि बिशेष सावधानी अपनाउँदै सेवा प्रवाह गरिरहेको छ । यस्तो अवस्थामा सपोर्ट टास्क फोर्सले बैंक र अस्पताल लगायतका कर्पाेरेटहरुमा सिस्टम डाउन भएको अवस्थामा मर्मत गर्ने लगायत इन्टरनेटका विविध समस्याहरु तत्काल समाधान गर्दै आइरहेको क्लासिक टेकको नेशनल मेनेजर भुपाल सिंह कार्कीले बताए ।

उनले ग्राहकले चलाउदै आएको राउटर ४ बर्ष भएको तथा राउटरको वारेन्टी समय सकिएकोले नयाँ डिभाइस ग्रहकले खरिद गर्ने सन्दर्भमा उब्जेका सामान्य बिषयलाइ अतिरन्जित गर्दै एक पक्षिय समचार प्रकाशन प्रती दुख्ख व्यक्त गरेका छन् । हाल उक्त ग्राहकको समस्या समाधान भैसकेको बताउँदै संस्थालाई बदनाम गराउन केही गिरोह सकृय रहेको बताए ।

कार्कीका अनुसार ‘हाम्रा ग्राहकहरुले टिकटक चलाउन पहिले पनि कुनै समस्या थिएन र अहिलेपनि कुनै समस्या छैन, यसको लागि हाम्रो प्राविधिक टिम २४ सै घण्टा खटिएको छ । हामी हाम्रा सेवाग्राहीहरुलाई ढुक्कले इन्टरनेट सेवा प्रयोग गर्न अनुरोध गर्दछौं,’ । उनले आफ्नो इन्टरनेट सेवा बारेमा कुनै गुनासो वा समस्या भएमा तत्काल सम्पर्क गर्न सकिने र समस्याको समाधान गरिने समेत जनाएका छन् । नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले बिगत ११ बर्ष देखि विश्वकै उत्कृष्ट प्रविधिबाट फाईवर ईन्टरनेट सेवा प्रदान गर्दै आइरहेको छ ।

संचारमाध्यम ‘ब्लक’ गरिएको छैन : क्लासिकटेक
समचार प्रकाशन पश्चात क्लासिकटेकले सञ्चारमाध्यम ‘ब्लक’ गरेको बिषयमा सम्पर्क गर्दा क्लासिक टेकका डिजीएम पब्लिक रिलेशन अफिसर सुशीलसिंह थापा संग सम्पर्क गर्दा सो बिषयमा कुनै पनि सत्यता नरहेको बताएका छन् । उनका अनुसार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा क्लासिकटेक सधै प्रतिबध्द रहेको बताए । उनले भने हामिले यो साइट चल्न दिने या नदिने भन्ने हुँदैन सरकारले बन्धेज गरेका बाहेक सबै वेभसाइट निर्वाह रूपमा संचालन गर्नु हाम्रो दायित्व हो ।

उनले थपे तपाई ब्लक गरिएका वेभसाइटहरू चलाएर त हेर्नुहोस थाहा भै हाल्छनी । उनले सस्तो लोकप्रियताका लागी केही मिडियाहरूले ‘ब्लक’ भनि अफवाह फैलाएको जिकिर गरेका छन् । उनीहरूलाइ समचार प्रकाशन पश्चात संयोगबस वेभसाइट नखुल्दा सो भ्रम परेको हुन सक्छ, वेभसाइट नखुलेको कुरा हामी समक्ष पनि आएको छ के समस्या रहेछ हामीले हाम्रो टेक्निकल टिमलाई जानकारी गराइसकेका छौ । यो हाम्रो क्लासिकटेक या त उहीनहरूको अरू कुनै टेक्निकल समस्या पनि त हुन सक्छ । हामीले सरकारको परिपत्र बिना कुनै पनि वेभसाइट ब्लक गर्न मिल्दै मिल्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर