RUMPUM
animated ellipse animated ellipse

अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल हुन विद्यार्थीहरुलाई मेयर कोइरालाको आग्रह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ असार २०८०, सोमबार १९:१०
909
Shares
विराटनगर/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरस्थित महानगर बहुप्राविधिक शिक्षालयले आयोजना गरेको आन्तरिक खेलकुद प्रतियोगिताका विजेताहरुलाई पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गरे ।

आज महानगरपालिकामा आयोजित कार्यक्रममा मेयर कोइरालासहित प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत र शिक्षालयका प्राचार्य परिवेश पराजुलीले विजेता खेलाडीहरुलाई अबिर लगाएर मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरु अब्बल हुनुपर्नेमा जोड दिए । मेयर कोइरालाले खेलकुदले मानिसलाई अनुशासित बनाउने बताए । उनले शारीरिक, मानसिक विकाससँगै खेलकुदले अनुशासित जीवन बिताउन मद्दत पुग्ने धारणा राखे । उनले बहुप्राविधिक शिक्षालयको विकासका लागि महानगर गम्भीर रहेको सुनाए । महानगर बहुप्राविधिक शिक्षालय महानगरपालिकाको गौरवको योजना भएको बताउँदै मेयर कोइरालाले शिक्षालयमा विद्यार्थीको आकर्षण बढाउनुपर्नेमा जोड दिए । मेयर कोइरालाले विराटनगर शैक्षिक हब बन्दै गएको उल्लेख गरे ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले शिक्षालयले अध्ययन गरेका विद्यार्थी अब्बल र जहाँसुकै गएर पनि प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने विचार व्यक्त गरे । सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले शिक्षालयको प्रचारप्रसार गरी देशभरका विद्यार्थीलाई आकर्षित गर्नुपर्नेमा जोड दिए । शिक्षालयमा पढाइ राम्रो हुने र उत्तीर्ण गरेका विद्यार्थीले जागिर खान समस्या नहुने वातावरण सिर्जना गर्नुपर्ने उनको धारणा थियो ।

प्राचार्य परिवेश पराजुली, संयोजक संगीता पोखरेललगायतले शिक्षालयको अवस्थाका बारेमा जानकारी गराए । २०७७ साउन २७ गते स्थापना भएको शिक्षालयमा करिब ३ सय विद्यार्थी अध्ययनरत छन् । हाल सिभिल इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र जियोमेटिक इन्जिनियरिङ अध्ययन हुन्छ । शिक्षालयमा थप तीन–चार वटा विषय अध्ययनका लागि तयारी भइरहेको संयोजक पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर