RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा ५८ सहित प्रदेश १ मा थपिए १ सय ६६ कोरोना संक्रमित, १ सय ९२ जना डिस्चार्ज

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२ आश्विन २०७७, शुक्रबार २०:१४
657
Shares
विराटनगर / विराटनगरमा ५८ सहित प्रदेश १ मा आज थप १ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरङमा १ सय, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा आज ५८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २५ महिला र ३३ पुरुष छन् । मोरङको कटहरीमा ७ महिला ८ पुरुष, पथरीशनिश्चरेमा ४ पुरुष, बुढीगंगामा १ महिला ३ पुरुष, जहदामा १ महिला २ पुरुष, धनपालथानमा १ महिला २ पुरुष, रंगेली र बेलबारी १–१ महिला, ग्रामथान र सुन्दरहरैचामा १–१ पुरुष, स्थानीय तह नखुलेका ३ महिला ६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको ईटहरीमा ७ महिला २५ पुरुष, बराहक्षेत्रमा २ महिला १० पुरुष, धरानमा १ महिला ८ पुरुष, इनरुवामा १ महिला १ पुरुष, हरिनगरमा १ महिला, झापाको शिवसताक्षीमा ३ महिला ४ पुरुष, कनकाईमा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष, स्थानीय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय ३७ पुगेको छ ।
प्रदेश १ मा आज १ सय ९२ जना डिस्चार्ज भएका छन् ।

होमआईसोलेसनबाट १ सय २७, कोभिड १९ आईसोलेसन अस्पताल, सुन्दरहरैचाबाट ३३, धानजन आईसोलेसन अस्पतालबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट १०, मेची अस्पताल झापाबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३, वि.जेनरल अस्पताल हरिनगर र मारवाडी सेवा सदन आईसोेलेसन विराटनगरबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २ हजार ४३२ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर