पूर्वाञ्चल खबर
कृषितथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत नेपाल लाइभस्टक सेक्टर इनोमेशन आयोजनाकोे सहयोगमा धनपालथान गाउपालिका परिसरमा भवन निमार्ण भएको हो ।
नव निर्मित भवनको सो पालिकाका अध्यक्ष हरिलाल सिंह तथा आयोजना प्रमुख डा. उमेश दाहालले सयुक्त रुपमा उद्घाटन गरे । पशु तथा पशुपंक्षी उपचारका लागी आयोजनाले करिव १ करोडको लागतमा भवन निमार्ण गरेको हो । सो अवसरमा आयोजनाले सो नयाँ भवन गाउँपालिकालाई हस्तान्तरण समेत गरेको छ ।
भेटनरी उपचारका लागी सवै प्रकारका सेवा उपलव्ध गराउन सो भवनमा भेटनेरी ल्याप, ल्यावरटोरी, तालिमकक्ष, औषधि विक्रिकक्ष तथा पशुहरुको पोस्टमार्टम कक्ष साथै विभिन्न प्रकारका एक्युमेन्टको व्यवस्था मिलाइएको छ ।
कार्यक्रममा वोल्नुहुदै गाउँपालिकाका अध्यक्ष हरिलाल सिंहले भवन निमार्णले पशु रोग निदान तथा उपचारमा सहयोग पुग्ने भएकाले भवनको संरचना अनुसार पशु चिकित्सकको दरवन्दी आवश्यक रहेको वताए । उनले पशु चिकित्सकको व्यवस्था मिलाउन समेत आयोजनालाई आग्रह गरे ।
आयोजना प्रमुख डा. दाहालले उच्च नश्लका पशु पालन व्यवसाय सञ्चालन गरेर दुग्ध तथा मासु उत्तपादन वढाउन किसानलाई आग्रह समेत गरे । आयोजनाले मुलुकभर २० वटा पालिकामा पशुसेवा केन्द्रको भवन निमार्ण सम्पन्न गरिसकेको र आठवटा पालिकामा पशुसेवा केन्द्र भवन निमार्ण भइरहेको उनको भनाई थियो ।